परीक्षा दिन छुटेका कक्षा १२ का विद्यार्थीका लागि नयाँ परीक्षा तालिका सार्वजनिक

१० पुस ७७, शनिबार

११ पुस, काठमाडौं ।
कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो । कोरोना महामारीका कारण कतिपय विद्यार्थी परीक्षामा सामेल हुन सकेका थिएनन् । सबै वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सञ्चालन हुने परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ ।

आ–आफ्नो मातहतमा रहेका विद्यालयहरुलाई जानकारी गराउन बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top