११ पुस, विराटनगर ।
झापाको मेचीनगर नगरपालिका–६ स्थित सिमा एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छिन ।
पक्राउ पर्नेमा मेचीनगर–१ स्थितमा बस्ने ३१ बर्षीया हेमा गणेश रहेकी छन । उनलाई शुक्रबार अपरान्ह ४ बजे नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
विशेष सुराकका आधारमा नियन्त्रणमा लिई उनि उपर चेकजाँच गर्दा २८ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । उनि उपर कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।