धितोपत्र बोर्डद्वारा ब्रोकर कमिसन कटौती

११ पुस ७७, शनिबार

११ पुस, काठमाडौं।

Advertisement

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा शेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन कटौती गरेको छ। बोर्डले भोलि देखि लागु हुने गरी ६० प्रतिशतसम्म ब्रोकर कमिसन घटाएको छ। बोर्डले पछिल्लो समय धितोपत्रबजारमा अनलाईन कारोबारमा ८५ प्रतिशतले बढेको भन्दै ब्रोकर कमिशन घटाएको बोर्डले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा वापत लिदै आएको न्युनतम शुल्कमा ६० प्रतिशत,सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी घटाएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top