Nepal Times
Nepal Times
3
Shares

मुख्यमन्त्री राईले हटाए आर्थिक मामिला मन्त्री

मुख्यमन्त्री राईले हटाए आर्थिक मामिला मन्त्री

११ पुस, विराटनगर ।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६९ को ९२० (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गर्नुभएको मुख्मन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । अहिले प्रचण्ड–नेपाल समूहमा रहेका मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए । आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.