दिवा खाजा कार्यक्रमले विद्यार्थी र अभिभावक खुशी

११ पुस ७७, आइतबार

११ पुस, बलेवा।

झोलाभरि किताबकापी बोकेर शान्ति माध्यमिक विद्यालय पुग्ने जैमिनी नगरपालिका–१ कुश्मीशेराकी खुस्बु परियारलाई सधैं खाजाको चिन्ता हुन्थ्यो । बजारमा पाइने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजाँदा साथीले गिज्याउँथे । अहिले खुस्बु निकै खुशी छन् । न त उनलाई विद्यालयमा खाने खाजाको चिन्ता छ, न त साथीभाइको भन्दा फरक खाजा हुन्छ कि भन्ने चिन्ता । उनी र उनका साथीले विद्यालयमा एकैखालका खाजा खान्छन् ।

सो विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम केही साता पहिलेदेखि सञ्चालनमा आएको हो । विद्यालयमै खाजा पाउने भएपछि खुस्बु मात्रै होइन, सो विद्यालयका बालविकास कक्षामा अध्ययनरत सबै विद्यार्थी खुशी भएका छन् । जैमिनी नगरपालिकाका सबै सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुचि बढ्दै गएको छ ।

Advertisement

नेपाल सरकारले चालु आर्थिक वर्षको शुरुदेखि नै बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम सञ्चालन गर्ने भनिए पनि कोभिड–१९ का कारण सो कार्यक्रम अहिलेसम्म सञ्चालनमा आएको थिएन् । केही साताअघि देखि नै यो कार्यक्रम सञ्चालनमा आएपछि विद्यार्थी तथा अभिभावकमा नयाँ उत्साह छाएको शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर जिसीले बताए । “बहाना बनाएर विद्यालय नआउने विद्यार्थी पनि खाजा पाएपछि हौसिएर विद्यालय आउँछन्”, उनले भने, “खाजामा एकरुपता र विद्यार्थीलाई विद्यालय ल्याउने कडी बन्ने भो खाजा कार्यक्रम ।”

बागलुङका तीन पालिकाले सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू गरेका छन् । काठेखोला र बडिगाड गाउँपालिका तथा जैमिनी नगरपालिकाले सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रमको व्यवस्थापन गरेका हुन् । नेपाल सरकारले सशर्त अनुदानतर्फ बजेट विनियोजन गरेकाले पालिकाहरुले यो कार्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।

Advertisement

गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुस १ गतेदेखि बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम शुरु गरेको बडिगाडका नगर शिक्षा अधिकृत प्रकाशबहादुर क्षत्रीले जानकारी दिए । “विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आकर्षण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्ततः सिकाई उपलब्धि वृद्धि गर्ने ‘दिवा खाजा’ कार्यक्रमको मुख्य उद्देश्य हो”, उनले भने, “कार्यक्रम लागू भएसँगै विद्यार्थीको नियमित विद्यालय उपस्थित हुने दर बढेर गएको छ ।” “दिवा खाजाको शुरुआतसँगै नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको पाएका छौँ”, अधिकृत क्षेत्रीले भने, “विद्यालयको पहुँचबाहिर रहेका र बीचमै कक्षा छाडेर जाने विद्यार्थी पनि पुनः विद्यालयमा फर्कने क्रम बढ्दै गएको छ ।”

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा बालबालिकाहरुलाई उपलब्ध गराउन सरकारले प्रतिविद्यार्थी प्रतिदिन १५ रुपैयाँका दरले बजेटको व्यवस्था गरेको छ । “गाउँकै उत्पादनमा आधारित खाजा हुन्छ, चमेनागृहमा बन्दै गरेको खाजा खाँदा स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ”, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने ।

बालविकास कक्षामा अध्ययनरत स–साना बालबालिकाले दिउँसोको खाजा आफँै व्यवस्थापन गर्न नसक्ने हुँदा उनीहरुलाई स्वच्छ र सफा खाजा विद्यालयमै बनाएर दिने व्यवस्था मिलाइएको उनले बताए । “कार्यक्रम लागू भएपछि अध्ययनरत बालबालिकाका र अभिभावक नियमित विद्यालय आउने भएकाले पनि विद्यालय र अभिभावकबीच अझै आत्मीयता बढेर गएको छ”, उनले भने ।

यो कार्यक्रम व्यवस्थापन लागि सशर्त अनुदान सङ्घीय सरकारबाट स्थानीय तहलाई उपलब्ध हुन्छ । स्थानीय तहकै नेतृत्व र समन्वयमा विद्यालय स्तरमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । स्थानीय तहभित्रका विद्यालयमा दिवा खाजा व्यवस्थापन जिम्मेवारी नगरपालिका वा गाउँपालिकामा रहने सामाजिक विकास समितिलाई हुनेछ । यस कार्यका लागि उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा १० सदस्यीय स्थानीय तहको कार्यक्रम कार्यान्वयन संयन्त्र निर्माण गर्नुपर्ने सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका–२०७६ मा उल्लेख छ ।

–तारानाथ आचार्य/रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top