Nepal Times
Nepal Times
3
Shares

मुख्यमन्त्री राईले भने-अविश्वासको प्रस्ताव सामना गर्छु

मुख्यमन्त्री राईले भने-अविश्वासको प्रस्ताव सामना गर्छु

१२ पुष, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन् ।

नेकपाको दाहाल–नेपाल समूहले आइतबार अविश्‍वासको प्रस्ताव दर्ता गरेको विषयमा सञ्‍चारकर्मीसँग प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री राईले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताए । अविश्‍वासको प्रस्ताव म सुविधाजनक बहुमतका साथमा प्रदेशसभामा सामना गर्छु, उनले भने, ुप्रदेशलाई कोल्याप्स गर्ने र तहसनहस बनाउने चाहना र उद्देश्य असफल बनाउनेछु । अविश्वासको प्रस्ताव आफूले काम नगरेर वा नाजायक काम गरेर नभई नियोजित तरिकाले दर्ता गरिएको भन्दै उनले यो विषयमा सांसदहरु जानकार रहेकोले आफूलाई सामना गर्न अप्ठेरो नरहेको धारणा राखे । विवेक भएका मान्य सदस्यहरु प्रदेशसभामा हुनुहुन्छ । यो बनिबनाउ, सुनियोजित, निर्देशित चालबाजी हो भन्ने प्रदेशसभा सदस्यहरुलाई थाहा छ, त्यसैले म आरामले सामना गर्छु ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.