×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

पाहुना घुमाउने ठाउँ बन्यो चितवनकाे अम्ब्रेला स्ट्रिट

१३ पुष २०७७

१३ पुस, चितवन।

जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छातामुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ ।

Advertisement
Advertisement

सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा गतवर्ष रु एक करोड ८६ लाख खर्च गरेर अम्रेला स्ट्रिटसहित पर्यटकीय पूर्वाधार बनाइएको थियो । वडाध्यक्ष विष्णु महतोका अनुसार शनिबार मात्र अम्रेला स्ट्रिट प्रवेशका लागि चार हजार ३०० जनाले रु २० को टिकट काटेका छन् ।

गएको फागुन १ गतेदेखि सञ्चालनमा आएको अम्रेला स्ट्रिट १४ दिन सञ्चालनमा आएपछि कोरोना कहरका कारण बन्द गरिएको थियो । कात्तिक १४ गतेदेखि पुनःसञ्चालनमा आएको हो । यससँगै दैनिकरुपमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । महतोले भने, “आन्तरिक पर्यटकले हामीलाई उत्साहित बनाएको छ ।”

चितवन र आसपासका जिल्लामा बाहिरी जिल्लाबाट आएका पाहुनाको घुम्ने ठाउँ पटिहानी बनेको उनले बताए । यसबाहेक काठमाडौँ, पोखरा, गोर्खा, विराटनगरलगायतका ठाउँबाट पनि आन्तरिक पर्यटक घुम्नका लागि यहाँ आउने गरेको महतोको भनाइ छ । अम्रेला स्ट्रिट र त्यहाँ रहेको कल्चरल क्यान्भासमा रमाउनेदेखि डुङ्गा शयर, हात्ती सफारी, जीप सफारी, थारु समुदायको खाना खाएर आन्तरिक पर्यटक रमाउने गरेको उनले जानकारी दिए।

स्थानीय पत्रकार अपिल घिमिरेका अनुसार साँझमा सूर्यास्त र नजिकैबाट दुलर्भ एकसिङ्गे गैङ्डा नियाल्दै गर्दा आन्तरिक पर्यटक निकै रमाउने गर्दछन् । आन्तरिक पर्यटकको चहलपहलसँगै स्थानीय होटल, रेस्टुराँ व्यवसायी पनि लाभान्वित भएका छन् । पटिहानीमा मात्र आठ वटा ठूला होटल रहेका छन् भने १२ भन्दाबढी साना होटल रहेका छन् । आन्तरिक पर्यटक बढेसँगै रेस्टुराँ खुल्ने क्रम बढ्दो छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु एक करोड, भरतपुर महानगरपालिकाको रु ७१ लाख, वडा कार्यालयको रु १५ लाख संरचना निर्माणमा खर्च भएको छ । त्यहाँ ५२० वटा रङ्गीचङ्गी छाता, १० वटा कल्चरल क्यान्भास, सूर्यास्त अवलोकन क्षेत्रलगायतका संरचना निर्माण गरिएको छ ।

होटल एसोशिएशन पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलले कोरोना सङ्क्रमण कम भएसँगै आन्तरिक पर्यटक बढेको बताउनुभयो । यहाँ घुम्न आउने पर्यटक वन र वन्यजन्तुसँग रमाउने गरेको उहाँको भनाइ छ । यसै क्षेत्रमा ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा छितामाई मन्दिर र विक्रम बाबासमेत छन् ।

त्यस्तै कमलपोखरी, लामीताल, तमोरताल अवलोकन र जिप सफारी, पैदलयात्रा, हात्ती सफारी गर्ने व्यवस्था पनि यहाँ गरिएको उहाँले जानकारी दिनुभयो । घटगाई क्षेत्रमा गाडा चढेर पनि आन्तरिक पर्यटकले मनोरञ्जनसमेत लिने गरेका छन् । यहाँबाट निकुञ्ज मुख्यालय कसरामा अवस्थित घडियाल र गोही प्रजनन केन्द्रको पनि अवलोकन गर्न सकिन्छ । पटिहानी छितामाई क्षेत्रबाट निकुञ्जको बाटो भएर सौराहास्थित हात्ती प्रजनन केन्द्रसम्म जीप सफारी रूट रहेको पौडेलको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस क्षेत्रमा एकसिङ्गे गैँडा, बाघ, भालु, हरिण, मृगलगायतका जङ्गली जनावरको पनि अवलोकन गर्न सकिन्छ । राप्ती नदीमा डुङ्गा सयर, गोही, चराको अवलोकनका कारण यस क्षेत्रको फरक विशेषता छ । थारु, बोटे समुदायको वेशभूषा, संस्कृति प्रदर्शन र उनीहरुले खाने परिकारको पनि स्वाद लिएर पर्यटक रमाउने गरेको पौडेल बताउँछन्।

ढोरपाटन र आसपासका पर्यटकीय गन्तव्यको विकासमा जोड

गण्डकी–गाउँ पर्यटन प्रवर्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुरुत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ढोरपाटनसँगै आसपासका पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत ढोरपाटन क्षेत्रको यात्रामा रहेको टोलीले आइतबार सरोकारवालाबीच गरेको अन्तर्क्रियामा वक्ताले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औँल्याए ।

तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताए । बराह ताललगायत धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न सकेमा ढोरपाटन आउने पर्यटकलाई ती गन्तव्यमा पु¥याउन सकिने उहाँले उल्लेख गरे।

भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश सरकारले पनि कृषि, पर्यटन, जलस्रोत आदिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै प्रदेशभित्रका पर्यटकीय गाउँलाई प्रवद्र्धन र विकास गर्न लागिएको बताए । गाउँमा रहेका प्रकृति र संस्कृतिलाई पर्यटनमा जोड्न सकिएमा ग्रामिण पर्यटनमा धेरै सम्भावना बढाउने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टाईले कोरोनाले थलिएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै अब व्यवसाय बन्द नगरी खुलाउनुपर्ने आवश्यकता औँल्याए । ढोरपाटनसँगै आसपासमा जोडिएका पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने उनको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगरले ढोरपाटनको पूर्वाधार विकाससँगै यहाँका सर्वसाधारणको जीवनस्तर बढाउनेलगायतका कामलाई प्राथमिकतामा राखिएको बताए । ढोरपाटनमा सञ्चालित पाखाथर सामूदायिक घरबासका सञ्चालक पुनम बुढामगरले ढोरपाटनमा पर्यटकको आकर्षण बढिरहे पनि यहाँसम्म आइपुग्ने बाटोघाटोलगायतका समस्या रहेको बताइन् ।

आउने पर्यटकका लागि स्थानीय रातो च्याउ, आलुलगायतका स्थानीय उत्पादन खुवाउने गरेको बताउँदै उनले बन्दाबन्दीको अवधिमा भने सुरक्षा सजगता अपनाउँदै घरबास सञ्चालन नगरिएको बताइन् । भ्रमण टोलीले आज बाग्लुङका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकनसँगै पर्वतको भुकदेउराली सामूदायिक घरबासको प्रवर्धनात्मक भ्रमण गर्ने भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिइन् ।

पर्यटक आकर्षणको केन्द्र बन्दै कमला सिँचाइको मूलद्वार

लहान–सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला सिँचाइको पूर्वी मूलद्वार पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकलाई भित्र्याएर सरकारले मनाउन लागिएको पर्यटन वर्षलाई फलदायी बनाउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइको पूर्वी मूलद्वारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेको हो ।

“पछिल्लो समय कमला सिँचाइको पूर्वी मूलद्वारमा घुमफिर गर्नेदेखि वनभोज गर्न आउनेको सङ्ख्या बढ्दै गरेको छ”, बन्दीपुरका स्थानीय राजकुमार लामाले भने, “पहिलापहिला त्यहाँ खासै सर्वसाधारणको चहलपहल थिएन्, तर पर्यटकलाई आकर्षित गर्न त्यहाँ भौतिक संरचना निर्माण गरिएपछि विस्तारै चहलपहल बढ्न थालेको छ ।”

कमला नदीबाट सिँचाइ गर्न बनाइएको सिँचाइ आयोजनाको मूलद्वारमा आन्तरिक पर्यटक आउने गरेकाले त्यो स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना ल्याएको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख विनयकुमार गामीले जानकारी दिए ।

“धार्मिक स्थलका रुपमा समेत परिचित कमला नदीमा नुहाउन आउने श्रद्धालु बढ्दै गएका छन्”, प्रमुख गामीले भने, “त्यसैले सो स्थानलाई आर्थिक वर्ष २०७६÷०७७ देखि नै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेका छौँ ।” यसबाट आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकसमेत आउने विश्वास लिइएको प्रमुख गामीको भनाइ छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत बन्दीपुरदेखि करीब एक किमीको दूरीमा रहेको सो क्षेत्रमा करीब रु २० लाखको लागतमा सडक ग्राभेल, पोखरी निर्माण, नहर वरिपरि आकर्षक घाँसको चपरी, वृक्षरोपण, रंगरोगन, रेलिङ, पर्यटक बस्ने कुर्सी चौतारा लगायतका कार्य गरिएको प्रमुख गामीले बताए । प्रमुख गामीका अनुसार चालू आर्थिक वर्षभित्र बन्दीपुरदेखि करीब एक किमी सडकलाई कालोपत्र गरिनेछ । सो स्थलमा नयाँ निर्माण गरिएको पोखरीमा डुङ्गा राख्ने योजनासमेत रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । चुरेको फेदमा रमणीयस्थलका रुपमा रहेको सो स्थलमा पहाड क्षेत्र खोला, मूलगेट निर्माण गरिएको छ ।

Advertisement
Advertisement

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनासँगै किसानलाई बाह्रै महिना मौसमी, बेमौसमी तरकारीखेती गर्न नर्सरी माइनर योजनाअन्तर्गत कुलोसमेत निर्माण गरिएको प्रमुख गामीले बताउनुभयो । करिब ५०० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रका किसानको खेतमा आठ महिनासम्म सिँचाइ पु¥याउन कुलोसमेत निर्माण गरिएको छ । यसबाट खेती गर्न असाध्यै सहयोग पुगेको किसानको कथन छ ।रासस

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top