NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ? बिहिबार अशोज २ , २०८२
अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

पाहुना घुमाउने ठाउँ बन्यो चितवनकाे अम्ब्रेला स्ट्रिट

सोमवार पुस १३ , २०७७
Reading Time: 1 min read
A A
पाहुना घुमाउने ठाउँ बन्यो चितवनकाे अम्ब्रेला स्ट्रिट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ पुस, चितवन।

जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छातामुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ ।

सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा गतवर्ष रु एक करोड ८६ लाख खर्च गरेर अम्रेला स्ट्रिटसहित पर्यटकीय पूर्वाधार बनाइएको थियो । वडाध्यक्ष विष्णु महतोका अनुसार शनिबार मात्र अम्रेला स्ट्रिट प्रवेशका लागि चार हजार ३०० जनाले रु २० को टिकट काटेका छन् ।

LS Auto

गएको फागुन १ गतेदेखि सञ्चालनमा आएको अम्रेला स्ट्रिट १४ दिन सञ्चालनमा आएपछि कोरोना कहरका कारण बन्द गरिएको थियो । कात्तिक १४ गतेदेखि पुनःसञ्चालनमा आएको हो । यससँगै दैनिकरुपमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । महतोले भने, “आन्तरिक पर्यटकले हामीलाई उत्साहित बनाएको छ ।”

चितवन र आसपासका जिल्लामा बाहिरी जिल्लाबाट आएका पाहुनाको घुम्ने ठाउँ पटिहानी बनेको उनले बताए । यसबाहेक काठमाडौँ, पोखरा, गोर्खा, विराटनगरलगायतका ठाउँबाट पनि आन्तरिक पर्यटक घुम्नका लागि यहाँ आउने गरेको महतोको भनाइ छ । अम्रेला स्ट्रिट र त्यहाँ रहेको कल्चरल क्यान्भासमा रमाउनेदेखि डुङ्गा शयर, हात्ती सफारी, जीप सफारी, थारु समुदायको खाना खाएर आन्तरिक पर्यटक रमाउने गरेको उनले जानकारी दिए।

स्थानीय पत्रकार अपिल घिमिरेका अनुसार साँझमा सूर्यास्त र नजिकैबाट दुलर्भ एकसिङ्गे गैङ्डा नियाल्दै गर्दा आन्तरिक पर्यटक निकै रमाउने गर्दछन् । आन्तरिक पर्यटकको चहलपहलसँगै स्थानीय होटल, रेस्टुराँ व्यवसायी पनि लाभान्वित भएका छन् । पटिहानीमा मात्र आठ वटा ठूला होटल रहेका छन् भने १२ भन्दाबढी साना होटल रहेका छन् । आन्तरिक पर्यटक बढेसँगै रेस्टुराँ खुल्ने क्रम बढ्दो छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु एक करोड, भरतपुर महानगरपालिकाको रु ७१ लाख, वडा कार्यालयको रु १५ लाख संरचना निर्माणमा खर्च भएको छ । त्यहाँ ५२० वटा रङ्गीचङ्गी छाता, १० वटा कल्चरल क्यान्भास, सूर्यास्त अवलोकन क्षेत्रलगायतका संरचना निर्माण गरिएको छ ।

होटल एसोशिएशन पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलले कोरोना सङ्क्रमण कम भएसँगै आन्तरिक पर्यटक बढेको बताउनुभयो । यहाँ घुम्न आउने पर्यटक वन र वन्यजन्तुसँग रमाउने गरेको उहाँको भनाइ छ । यसै क्षेत्रमा ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा छितामाई मन्दिर र विक्रम बाबासमेत छन् ।

त्यस्तै कमलपोखरी, लामीताल, तमोरताल अवलोकन र जिप सफारी, पैदलयात्रा, हात्ती सफारी गर्ने व्यवस्था पनि यहाँ गरिएको उहाँले जानकारी दिनुभयो । घटगाई क्षेत्रमा गाडा चढेर पनि आन्तरिक पर्यटकले मनोरञ्जनसमेत लिने गरेका छन् । यहाँबाट निकुञ्ज मुख्यालय कसरामा अवस्थित घडियाल र गोही प्रजनन केन्द्रको पनि अवलोकन गर्न सकिन्छ । पटिहानी छितामाई क्षेत्रबाट निकुञ्जको बाटो भएर सौराहास्थित हात्ती प्रजनन केन्द्रसम्म जीप सफारी रूट रहेको पौडेलको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस क्षेत्रमा एकसिङ्गे गैँडा, बाघ, भालु, हरिण, मृगलगायतका जङ्गली जनावरको पनि अवलोकन गर्न सकिन्छ । राप्ती नदीमा डुङ्गा सयर, गोही, चराको अवलोकनका कारण यस क्षेत्रको फरक विशेषता छ । थारु, बोटे समुदायको वेशभूषा, संस्कृति प्रदर्शन र उनीहरुले खाने परिकारको पनि स्वाद लिएर पर्यटक रमाउने गरेको पौडेल बताउँछन्।

ढोरपाटन र आसपासका पर्यटकीय गन्तव्यको विकासमा जोड

गण्डकी–गाउँ पर्यटन प्रवर्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुरुत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ढोरपाटनसँगै आसपासका पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत ढोरपाटन क्षेत्रको यात्रामा रहेको टोलीले आइतबार सरोकारवालाबीच गरेको अन्तर्क्रियामा वक्ताले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औँल्याए ।

तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताए । बराह ताललगायत धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न सकेमा ढोरपाटन आउने पर्यटकलाई ती गन्तव्यमा पु¥याउन सकिने उहाँले उल्लेख गरे।

भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश सरकारले पनि कृषि, पर्यटन, जलस्रोत आदिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै प्रदेशभित्रका पर्यटकीय गाउँलाई प्रवद्र्धन र विकास गर्न लागिएको बताए । गाउँमा रहेका प्रकृति र संस्कृतिलाई पर्यटनमा जोड्न सकिएमा ग्रामिण पर्यटनमा धेरै सम्भावना बढाउने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टाईले कोरोनाले थलिएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै अब व्यवसाय बन्द नगरी खुलाउनुपर्ने आवश्यकता औँल्याए । ढोरपाटनसँगै आसपासमा जोडिएका पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने उनको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगरले ढोरपाटनको पूर्वाधार विकाससँगै यहाँका सर्वसाधारणको जीवनस्तर बढाउनेलगायतका कामलाई प्राथमिकतामा राखिएको बताए । ढोरपाटनमा सञ्चालित पाखाथर सामूदायिक घरबासका सञ्चालक पुनम बुढामगरले ढोरपाटनमा पर्यटकको आकर्षण बढिरहे पनि यहाँसम्म आइपुग्ने बाटोघाटोलगायतका समस्या रहेको बताइन् ।

आउने पर्यटकका लागि स्थानीय रातो च्याउ, आलुलगायतका स्थानीय उत्पादन खुवाउने गरेको बताउँदै उनले बन्दाबन्दीको अवधिमा भने सुरक्षा सजगता अपनाउँदै घरबास सञ्चालन नगरिएको बताइन् । भ्रमण टोलीले आज बाग्लुङका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकनसँगै पर्वतको भुकदेउराली सामूदायिक घरबासको प्रवर्धनात्मक भ्रमण गर्ने भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिइन् ।

पर्यटक आकर्षणको केन्द्र बन्दै कमला सिँचाइको मूलद्वार

लहान–सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला सिँचाइको पूर्वी मूलद्वार पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकलाई भित्र्याएर सरकारले मनाउन लागिएको पर्यटन वर्षलाई फलदायी बनाउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइको पूर्वी मूलद्वारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेको हो ।

“पछिल्लो समय कमला सिँचाइको पूर्वी मूलद्वारमा घुमफिर गर्नेदेखि वनभोज गर्न आउनेको सङ्ख्या बढ्दै गरेको छ”, बन्दीपुरका स्थानीय राजकुमार लामाले भने, “पहिलापहिला त्यहाँ खासै सर्वसाधारणको चहलपहल थिएन्, तर पर्यटकलाई आकर्षित गर्न त्यहाँ भौतिक संरचना निर्माण गरिएपछि विस्तारै चहलपहल बढ्न थालेको छ ।”

कमला नदीबाट सिँचाइ गर्न बनाइएको सिँचाइ आयोजनाको मूलद्वारमा आन्तरिक पर्यटक आउने गरेकाले त्यो स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना ल्याएको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख विनयकुमार गामीले जानकारी दिए ।

“धार्मिक स्थलका रुपमा समेत परिचित कमला नदीमा नुहाउन आउने श्रद्धालु बढ्दै गएका छन्”, प्रमुख गामीले भने, “त्यसैले सो स्थानलाई आर्थिक वर्ष २०७६÷०७७ देखि नै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेका छौँ ।” यसबाट आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकसमेत आउने विश्वास लिइएको प्रमुख गामीको भनाइ छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत बन्दीपुरदेखि करीब एक किमीको दूरीमा रहेको सो क्षेत्रमा करीब रु २० लाखको लागतमा सडक ग्राभेल, पोखरी निर्माण, नहर वरिपरि आकर्षक घाँसको चपरी, वृक्षरोपण, रंगरोगन, रेलिङ, पर्यटक बस्ने कुर्सी चौतारा लगायतका कार्य गरिएको प्रमुख गामीले बताए । प्रमुख गामीका अनुसार चालू आर्थिक वर्षभित्र बन्दीपुरदेखि करीब एक किमी सडकलाई कालोपत्र गरिनेछ । सो स्थलमा नयाँ निर्माण गरिएको पोखरीमा डुङ्गा राख्ने योजनासमेत रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । चुरेको फेदमा रमणीयस्थलका रुपमा रहेको सो स्थलमा पहाड क्षेत्र खोला, मूलगेट निर्माण गरिएको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनासँगै किसानलाई बाह्रै महिना मौसमी, बेमौसमी तरकारीखेती गर्न नर्सरी माइनर योजनाअन्तर्गत कुलोसमेत निर्माण गरिएको प्रमुख गामीले बताउनुभयो । करिब ५०० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रका किसानको खेतमा आठ महिनासम्म सिँचाइ पु¥याउन कुलोसमेत निर्माण गरिएको छ । यसबाट खेती गर्न असाध्यै सहयोग पुगेको किसानको कथन छ ।रासस

लोकप्रीय

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

विचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

थप समाचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
अन्तर्राष्ट्रिय

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?
खेलकुद

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२

हालका पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.