नेकपा जोगाउने चीनको प्रयास असफल (भिडियो सहित)

१५ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्नबाट जोगाउने अन्तिम र निर्णायक प्रयास स्वरुप आएको चिनियाँ टोली रित्तोहात फर्किएको छ ।

उसको नेकपाका लागि जेसुकै गर्न सक्ने फर्मुला पनि फेल भएको छ।उत्साह र आशा बोकेर आएको टोली खिन्न र निराश मुद्रामा चीन फर्किएको छ। नेपालको राजनीतिक इतिहासमै पहिलो पटक चिनियाँ टोलीले खुलेर पार्टी राजनीतिमा हस्तक्षेप गरेको थियो । आइतबार काठमाडौं उत्रिएलगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले चिनियाँ राजदूतावासमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायत कर्मचारीसँग छलफल गर्याे । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबारै भेटवार्ता गर्यो । ४ दिने भ्रमणका क्रममा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महरा, काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टीका नेता डा. बाबुराम भट्टराई, ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराई, प्रचण्ड नजिकका नेकपा स्थायी कमिटी सदस्य जर्नादन शर्मासँग भेटवार्ता गर्यो । नेकपाका नेताहरुसँगको भेटका क्रममा टोलीले पार्टी एकता कायमै राख्न दबाब दिएको थियो । तर नेकपाका दुवै समूहका नेताहरुबाट सकारात्मक परिणाम देखिएन । फुटको औपचारिकता कुरिरहेका दुवै समूहबीचमा सहमति बन्न नसक्ने देखेपछि चिनियाँ टोली बुधबार स्वदेश फर्किएको छ । मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रचण्ड–माधव समुहका नेताहरु नेकपा फुटिसकेको र अब एक हुन नसक्ने बताए । सोमबार नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेको टोलीले नेकपा विभाजन रोक्ने प्रयास गरिरहँदा मंगलबारको कार्यक्रममा प्रचण्डले नेकपा विभाजित भएको र वैध समूह आफ्नो रहेको दाबी गर्दा चिनियाँ टोलीको प्रयास विफल भएको संकेत मिलेको थियो ।

मंगलबारको कार्यक्रममा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालको अभिव्यक्तिले पनि अब नेकपा विभाजन रोक्ने अन्तिम प्रयास असफल भएको साबित गरेको छ ।प्रचण्ड नेपाल लगायतले एकताको संभावना मरिसकेको भएपनि एकताका लागि गर्नुपर्ने सबै काम ओली पक्षबाटै गर्नुपर्ने अडान राखेको समेत बुझिएको छ । यसैकारण पनि चिनियाँ टोलीले प्रधानमन्त्री ओलीसँग तीन चरणमा वार्ता गरेको खबर बाहिर आएको छ । तर पनि ओलीले पछाडी फर्कन सम्भव नरहेको बताए । विभाजित नेकपाको दुवै समूहका उच्चतहका नेताहरुलाई भेटेर सहमतिको प्रयास गरेपनि सहमति हुन नसकेपछि चिनियाँ टोली नेकपा विभाजन टार्न नसकी फर्किएको छ ।

Advertisement

 

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top