प्रचण्डले मित्रताको साटो धृतराष्ट्रले जसरी अंगालो मारे : प्रधानमन्त्री ओली

१५ पुस, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका हुन् ।

संविधानत्ः संसदको पुर्नस्थापना गर्न नमिल्ने उनको भनाई छ । आफु संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल र षडयन्त्रको राजनीति गरेको पनि आरोप लगाए । आफुले मित्रताले अंगालो हालेपनि प्रचण्डले धृतराष्ट्रले जसरी अंगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रचण्डको ध्यान कसरी कब्जा गर्ने र हत्याउने भन्ने मात्रै रहेको उनले बताए । एकीकरणका बेला पार्टीलाई एकताबद्ध बनाउनको निम्ति, स्थिरता र स्थायित्वको लागि प्रचण्ड–माधवलाई बहुमत दिएको भएपनि बहुमतको दुरुपयोग गरेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनताबाट बेलाबेलामा अनुमोदित भइरहनुपर्ने बताउँदै निर्वाचनको तयारी गर्न प्रचण्ड–माधव पक्षलाई आग्रह गरे । चुनाव गर्दा लोकतन्त्र, गणतन्त्र नसकिने ओलीको भनाई छ । ओलीले प्रचण्ड माधव पक्षले पार्टी एकतालाई टुंग्याउन नदिएको, संवैधानिक आयोगलाई पूर्णता दिन नचाहेको तथा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, राष्ट्रपति लगायत संवैधानिक आयोगहरुलाई महाअभियोग लगाउन खोजिएको बताए ।

उनले आगामी चुनाव निष्पक्ष र धाधँलीरहित रहने पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणको कामलाई तिव्रता दिएको बताए । सडक पूर्वाधारमा धेरै विकास गरेको र आगामी दिनमा पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण रेलमार्ग बन्ने बताए । कोभिड–१९ को संक्रमण दर तथा मृत्युदरमा कमी गराएको तथा भूकम्पपछिको पुर्ननिर्माणको काममा सफलता पाएको उनको भनाई छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top