×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

परिवर्तित अमेरिकी राजनीति, चीन-अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय

१५ पुष २०७७

१५ पुस, काठमाडौं।

सन् २०२० मा विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्ध र विगत समीक्षा गर्दा यो वर्ष विश्व अर्थतन्त्रका लागि आशावादी बन्न सकेन । यसमा अमेरिका–चीन व्यापार विवाद र कोभिड–१९ को विश्वव्यापी महामारी मुख्यतया जिम्मेवार रहे । यी दुई मुलुकबीचको सम्बन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालमा व्यापार विवादका कारण थप तिक्ततापूर्ण बनेको देख्न सकिन्छ ।

Advertisement
Advertisement

यो वर्ष विश्व नै महामारीका कारण गन्तब्यहीन बन्न पुग्यो । करिब आधा वर्ष अत्यन्तै निराशा पैदा गरेको कोभिड–१९ विरुद्धको लडाई केही विश्वविद्यालयको सहकार्यमा विश्वका औषधि कम्पनीहरूले विकास गरेका खोपको अध्ययन, अनुसन्धान र प्रयोगले सफलतातर्फ अघि बढेको देखिन्छ ।

दुई देशको सम्बन्ध अहिलेसम्म पनि सुधारउन्मुख देखिएको छैन । यद्यपि अमेरिकी राजनीतिमा आएको परिवर्तन (राष्ट्रपतिमा जो वाइडेनको आवागमन)पछि विश्वका प्रमुख दुई अर्थतन्त्रबीचको विवादले सही दिशा लिनेमा विश्व समुदाय आशावादी बनेको छ ।

गत वर्ष (सन् २०१९) को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोनाभाइरसको जिवाणुले विश्वलाई चरम निराश बनाइरहेका समय विश्वकै शक्तिशाली भनिएको अमेरिका भने आफ्नै राजनीतिमा लुटुपुटु हुनुबाहेक खासै आशावादी क्रियाकलापमा अग्रसर नबन्दा विश्व समुदायले अमेरिकालाई हेर्ने आँखा फेरिएको छ ।

चीन र अमेरिका आन्तरिक विवादमा फस्दा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव त परिरहेकै थियो यसमा पनि कोभिड–१९ को उत्पत्तिलाई लिएर अमेरिकी ट्रम्प प्रशासन र चीनबीचको विवाद बाँकी विश्वका लागि अपेक्षा गरिएको विषय पक्कै थिएन । कोभिड–१९ का कारण विश्वव्यापी परेको असरले विश्वको अर्थतन्त्रलाई धराशायी नै बनायो । तर वर्षको अन्त्यमा आइपुग्दासम्म खोप विकासमा देखिएको सफलताले सकारात्मक परिवर्तनको आशा निर्माण गरेको छ ।

सन् २०२० महामारीविरोधी लडाईमा चीनले देखाएको अग्रसरता विश्वका लागि प्रशंसनीय रह्यो । अमेरिकामा कोभिड–१९ को महामारी र राष्ट्रपतीय निर्वाचनले गर्दा उसको ध्यान बाँकी विश्वमा नपुगेको भन्ने भनाइहरू पनि चर्चामा आए । यसैबीच अमेरिका चीन व्यापार विवादका कारण अमेरिकाले चिनियाँ ठूला प्रबिधि कम्पनीहरूमा घोषित तथा अघोषित प्रतिबन्ध लगायो । चीनले पनि बदलामा अमेरिकी सामानहरूको आयातलाई निरूत्साहित ग¥यो । व्यापार विवाद तन्ँिकदै जाँदा कुटनीतिक सम्बन्ध स्थापनापछि दुई मुलुकबीचको सम्बन्ध अत्यन्तै निम्न विन्दुमा पुग्यो ।

अमेरिकी निर्वाचनपछि नेतृत्व फेरिएसँगै दुई प्रमुख अर्थतन्त्र र सम्पूर्ण विश्वको फाइदाका लागि दुई मुलुकको कुटनीतिक सम्बन्धको विशाल जहाजलाई सही मार्ग दिने समय आएको छ । यसले सम्बन्धलाई विना अवरोध अघि बढ्न प्रेरित गर्नेछ ।

विश्वव्यापी समुदायका लागि नयाँ तथा अकल्पनीय जोखिम र चुनौतीहरु रहेका छन् । विश्वका दुई ठूला देशहरूको रूपमा चीन र संयुक्त राज्य अमेरिकाले कठिनाइहरू पार गर्न, चुनौतीहरूको सामना गर्न र विकासको लागि यी मुलुकले बाँकी विश्वसँग सहकार्य गर्नु आवश्यक छ ।

कोभिड–१९ को महामारीलाई पराजित गर्न अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयास आवश्यक रहनेछ । संयुक्त राज्य अमेरिका र चीन जस्ता बलियो क्षमता भएका देशहरूले अझ बढी जिम्मेवारी वहन गर्नुपर्छ र उदाहरणीय नेतृत्व लिनु पर्छ ।

अधिकांश कोभिड–१९ बाट सङ्क्रमित र मृत्युका घटनासाथ विश्वको अग्रणी संयुक्त राज्य अमेरिका अझै पनि महामारीको निरन्तर पुनरुत्थानको साथ झेलिरहेको छ । जबकि कोभिडबारे पहिलो खतराको ध्वनि बजाउने देश चीनले घरेलु हिसाबले भाइरसको फैलावटलाई नियन्त्रणमा लिन भाइरससँग सम्बन्धित पर्याप्त क्लिनिकल अनुभव प्राप्त गरेको छ ।

उपचार, खोप र महत्वपूर्ण चिकित्सा उपकरणहरूको आपूर्ति जस्ता क्षेत्रमा सहयोग गरेर चीन र संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यहरूको रूपमा महामारीविरूद्धको विश्वव्यापी लडाईमा बढी योगदान गर्न सम्भव छ ।

यसका साथै विश्वव्यापी अर्थतन्त्र महामारीको बीचमा स्थिर हुँदै गएको कारण विश्वका दुई ठूला अर्थतन्त्रहरूले उनीहरूको आर्थिक र व्यापारिक सम्बन्ध स्थायी बनाउनु र सकेसम्म छिट्टै विश्वव्यापी अर्थतन्त्रलाई फेरि प्रगतिको बाटोमा ल्याउन मद्दत गर्न आवश्यक छ ।

अक्टोबरमा जारी गरिएको पछिल्लो विश्व आर्थिक रिपोर्टमा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वव्यापी अर्थतन्त्र ४.४ प्रतिशतले सङ्कुचित हुने पक्षेपण गरेको थियो साथै विश्व आर्थिक सङ्कटबाट बाहिरिने बाटो लामो, असहज र अत्यधिक अनिश्चित हुने चेतावनी दिएको छ ।

सन् २०२० मा सकारात्मक वृद्धिको सम्भावना देख्ने एकमात्र ठूलो अर्थतन्त्र हुने प्रक्षेपण हुँदै चीन विश्वव्यापी व्यापारलाई प्रवद्र्धन गर्न र आफ्नो घरेलु बजार खोल्न प्रतिवद्ध रहेको छ । महामारीको कारणले कठिन अवस्थामा परिणत भएका संयुक्त राज्य अमेरिकासहित अन्य मुलुकका लागि लाभको अवसर सिर्जना गर्न कठिन हुनेछ ।

सङ्क्रमण नियन्त्रणका लागि खोपको विकास र अनुसन्धानले एकातर्फ विश्वलाई आशावादी बनाएको छ भने अर्कोतर्फ बेलायतलगयतका विश्वका विभिन्न मुलुकमा देखिएका भनिएका नयाँ प्रकारका कोभिड–१९ का जीबाणुले विश्व समुदायलाई अनिश्चिततातर्फ धकेलिरहेको सङ्केत देखिएका छन् ।

यस अर्थमा, विश्वको महत्वपूर्ण उपभोक्ता बजारबाट चिनियाँ अर्थव्यवस्थालाई अलग गर्नु वाशिङ्टनमा रहेर राजनीति गर्ने केही समूहको लागि लाभ लिने अवसर त होला यसले नत अमेरिका न विश्व समुदायलाई नै फाइदा हुन्छ । आधुनिक समयमा एकता र सहकार्यका अघि विश्वका कुनै शक्तिको पनि तागत नचलेका उदाहरण हामीमाझ छन् । अहिलेको विश्व बजार खुला अर्थव्यवस्थाका कारण मौलाउन सक्छ । अमेरिकालाई विश्वको प्रमुख अर्थतन्त्र बनाउनमा खुला, स्वतन्त्र तथा प्रतिस्पर्धी अर्थनीति सहायक बनेका हुन् ।

ट्रम्प प्रशासनको अवरोधलाई अमेरिकी नागरिकले नरूचाएका निर्वाचनबाट प्रष्ट भइसकेको छ । द न्यूयोर्क टाइम्समा हालै सार्वजनिक रिपोर्ट अनुसार ट्रम्प प्रशासनको चिनिँया सामानमाथि अवरोधको नीतिका बावजुद अमेरिकीहरूको चिनिँया सामान खरीदमा देखिएको मोहले उनीहरूको अडान प्रष्ट गरेको मान्न सकिन्छ । महामारीका समय अमेरिकी प्रतिबन्धबीच चिनियाँ फर्निचर, उपकरण र खेलौनालगायतका सामानको माग नघट्नुलाई यसैको द्योतकका रूपमा लिन सकिन्छ ।

विश्वव्यापी महामारीको सामना गर्नु र संसारको कमजोर अर्थतन्त्रलाई स्थिर गर्नुको अलावा चीन र संयुक्त राज्य अमेरिकाले मानवजातिको साझा भविष्यसँग सम्बन्धित मुद्दाहरूमा सहयोगी भूमिका खेल्न सकून् भन्ने पनि विश्व समुदायले अपेक्षा गर्छ ।

यस अर्थमा विश्वव्यापी चासोका दुई मुद्दाहरू जलवायु परिवर्तनको प्रतिरोध गर्ने र आणविक अप्रसारलाई बचाउन चीन र संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा भूमिका खेलेका छन् र अझै निर्णायक भूमिका खेल्नुपर्छ ।

जबसम्म दुई देशले इतिहास र मानवताको लागि उत्तरदायित्वको भावनाका साथ कार्य गर्दछन् यसले कुनै पनि दुई व्यक्तिको मौलिक हितका साथै सम्पूर्ण विश्व समुदायको हितलाई ध्यानमा राख्दै उनीहरूले सम्पूर्ण विश्वमा ठूलो योगदान दिन सक्दछन् ।

दुबै पक्षको प्राथमिकतामा आपसी सम्मान र समानताका सिद्धान्तहरूको समर्थन हुनुपर्छ र मतभेदको समाधानका लागि साझा आधार खोज्नु र दुबैको जित हुने गरी निर्णय लिन प्रतिबद्ध रहनु हो ।

Advertisement

यसो हुन सकेमा चीन–अमेरिका कुटनीतिक सम्बन्धको विशाल जहाजलाई सही मार्गमा रहन मद्दत पुग्नेछ । यसले व्यवसायीक तथा कुटनीतिक सम्बन्धमा अवरोध गर्ने लुकेका आँधीबेहरी र छालहरूबाट बचेर अघि बढ्न यी दुई अर्थतन्त्रलाई मद्दत गर्नेछ साथै यसबाट विशाल विश्व समुदायको हितमा फाइदा पुग्नसक्छ ।रासस

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top