नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी

१५ पुस ७७, बिहीबार

१५ पुस, काठमाडाैँ ।

नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।

यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि आवेदन लिन थालिएको विभागले जनाएको छ ।

Advertisement

नयाँ अनुमतिपत्रका लागि ‘सफ्टवेयर’ र छपाइको काम विभागले गर्दै आएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन र अनुमतिपत्र वितरण गर्छन् । अहिले प्रदेश सरकारले अनुमतिपत्रका लागि परीक्षा लिन चाहेकाले आवेदन खुलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार सात वटै प्रदेशले नयाँ अनुमतिपत्र खुलाउने भएका छन् । उनले भने, “सेवाग्राहीले आफ्नो अनुकूल मिलाएर अनलाइनमार्फत फारम भरेर परीक्षामा समावेस हुन सक्नुहुन्छ ।”

Advertisement

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले मङ्गलबारदेखि फारम लिन थालिएको भए पनि केही दिनपछि मात्रै परीक्षा लिइने बताए । कोभिड–१९ को जोखिम कायम रहेकाले भीडभाड कम हुने गरी लिखित र प्रयोगात्मक परीक्षा लिइने उनको भनाइ छ । उनले भने, “एक दिनमा निश्चित सङ्ख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाइनेछ ।”

कार्यालयले गत चैतदेखि नै नयाँ अनुमतिपत्रका लागि परीक्षा लिएका थिएनन् । यसबीचमा पनि अनुमतिपत्र नवीकरण र वितरणको काम भने भइरहेको थियो । लामो समयसम्म अवरुद्ध सेवा एकै पटक खुलाउँदा भीड हुने भएकाले निश्चित सङ्ख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाउन लागिएको हो ।रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top