गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

१६ पुस २०७७, बिहीबार
Share this
716shares

१६  पुस, काठमाडौं।

Advertisement

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा काठमाडौ आयल स्टोर नजिक टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् ।

बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षक खेमराज राउतले बताए ।

Advertisement

उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top