धर्म परिवर्तन गर्न अस्पतालभित्र चर्च, कारवाहीको सुइँको पाएपछि भागे अमेरिकी डाक्टर

१५ पुस ७७, बिहीबार

काठमाडाैँ : अस्पतालभित्रै चर्च स्थापना गरेर हिन्दु र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रुपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अमेरिकी नागरिक डा. डेल माइकल मोल भागेका छन् ।

Advertisement

कारबाही हुनु २ दिनअगावै उनी पत्नी सुशन मोलसहित सोमबार अमेरिका प्रस्थान गरेका हुन् । अस्पतालको वेबसाइटमा उल्लेख भएअनुसार डेल अझै प्रमुख कार्यकारी अधिकृत र पत्नी सुशन सोही अस्पतालकी कर्मचारी हुन् । उनी प्रोजेक्ट विज्ञका रुपमा कार्यरत थिइन् ।

डेल दम्पती सन् २०१५ डिसेम्बरदेखि अस्पतालमा कार्यरत थिए । शिर मेमोरियल अस्पताल सन् १९६० बाट अमेरिकी नागरिक चाल्र्स जे शिर र उनी धर्मपत्नी क्यारोलिनका नाममा स्थापना भएको थियो । यो अस्पताल अमेरिकास्थित सेभेन्थ डे एडभेन्टिस्ट चर्चको सहयोगमा खोलिएको थियो ।

Advertisement

गृहमन्त्रालयबाट भइरहेको आन्तरिक अनुसन्धान र त्यसपछि पक्राउ पर्न सक्ने सुइँको पाएपछि उनी पत्नीसहित नेपाल छाडेर भागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top