टर्कीमा पहिलो चरणको चिनियाँ खोप आयो

१६ पुस ७७, बिहीबार
Share this
657shares

१६ पुस, अङ्करा।

Advertisement

पहिलो चरणको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप टर्कीमा बुधबार भित्रिएको छ ।चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै जनताले पाउने जानकारी दिएका छन् ।

Advertisement

परीक्षण सम्पन्न हुनासाथ जतिसक्दो चाडो यो खोप आम नागरिकलाई प्रदान गर्ने सरकारको योजना छ, हामी त्यही अनुसारको तयारी गरिरहेका छौँ, उनले लेखेका छन्।

टर्कीमा मङ्गलबार मात्रै थप १५ हजार ८०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो भने अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या २१ लाख ७८ हजार ५८० पुगेको छ ।

Advertisement

कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजार ३८८ जनाको मृत्यु भएको छ । तीमध्ये २५३ जनाको मङ्गलबार मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।रासस/सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top