×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

संक्रमणको जोखिम रहने भन्दै दिल्लीमा बिहीबार र शुक्रबार राति कर्फ्यु लगाइने

१६ पुष २०७७

१६ पौष, एजेन्सी । भारतको दिल्ली सरकारले कोरोना संक्रमणको अत्यधिक जोखिम रहने भन्दै बिहीबार र शुक्रबार राति कर्फ्यु लगाउने निर्णय गरेको छ । नयाँ वर्ष मनाउन मानिसहरुले विशेषगरी रातिको समयमा जमघट र भीडभाड गर्ने र त्यसले संक्रमण फैलाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको बताइएको छ ।

दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले बुधबार राजधानी दिल्लीमा बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म र शुक्रबार राति पनि सोही समयमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्ष मनाउने कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो ।

Advertisement
Advertisement

‘डिसेम्बर ३१ राति ११ बजेदेखि जनवरी १ को बिहान ६ बजेसम्म र जनवरी १ को राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सार्वजनिक स्थलमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्षको कुनै पनि उत्सव, कार्यक्रम र समारोह रात्रीकालीन कफ्र्यू रहनेछ,’ दिल्ली सरकारका मुख्य सचिवद्वारा जारी आदेशमा भनिएको छ । यद्यपि पूर्वअनुमति प्राप्त स्थानहरुलाई भने त्यो छुट रहने समेत आदेशमा भनिएको छ ।

दिल्लीका आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नयाँ वर्षको भीडभाडले संक्रमण बढाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको आदेशमा भनिएको छ । पछिल्ला दिनमा दिल्लीमा कोभिड–१९ संक्रमणको नियन्त्रण हुँदै गएको देखिन्छ ।

बुधबार दिल्लीमा ७ सय ३ जना मात्र नयाँ संक्रमित थपिएका थिए । नियन्त्रणउन्मुख भइरहेका बेला नयाँ भाइरसबाट संक्रमणको जोखिम बढाउने भन्दै पछिल्लो आदेश जारी गरिएको दिल्ली सरकारले जनाएको छ । ‘बेलायतबाट भित्रिएको नयाँ प्रकारको भाइरस पुष्टि भइसकेको र उक्त भाइरसका कारण बढने जोखिमसँगै नयाँ वर्षका कार्यक्रमहरुले कोरोना संक्रमणको नियन्त्रणमा हालसम्म हासिल भएको सफलतालाई धक्का लाग्नसक्ने देखेर निर्णय लिइएको हो,’ आदेशमा भनिएको छ ।

Advertisement

नयाँ प्रकारको भाइरसबाट संक्रमित हुने संख्यामा वृद्धि भएसँगै भारतले बेलायतसँगको हवाईसम्पर्कलाई ७ जनवरीसम्म प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । हालसम्म भारतमा बीस जनामा बेलायतमा देखिएको जस्तो नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये आठजना दिल्लीकै रहेका छन् । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ । कान्तिपुर दैनिकबाट साभार ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top