मल नल्याउने शैलुङ इन्टरप्राइजेजलाई कारबाही नगर्न जारी अन्तरिम आदेश खारेज

१६ पौष, काठमाडौं । मल नल्याउने ठेकदार कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालतका मुख्य न्यायाधीश डा. कुमार चुडा र न्यायाधीश रेखा थापा पाण्डेको संयुक्त इजलाशले अन्तरिम आदेश खारेजको निर्णय गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

बुधबार अदालतबाट अन्तरिम आदेश खारेज गर्ने आदेश भएको कृषि सामग्री कम्पनी लिमिटेडका सञ्चालक प्रबन्धक नेत्रबहादुर भण्डारीले जानकारी दिए । ‘उच्च अदालतको अन्तरिमका कारण थप कारबाही अघि बढाउन सकेका थिएनौं, अन्तरिम आदेश आइसकेको छ अब थप कारबाही अघि बढ्छ,’ प्रबन्ध सञ्चालक भण्डारीले भने । अब शैलुङबाट धरौटी जफत, कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउने र तेस्रो ठेक्कामा मल ल्याउन नसकेबापत कारबाहीको प्रक्रिया सुरु गर्ने भण्डारीको भनाइ छ ।

तरकारी तथा गहुँमा हाल्न ग्लोबल टेण्डरमार्फत ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेसम्म ल्याउन गत असारमा शैलुङले ठेक्का पाएको थियो । असारे धानकै लागि चाहिने मल ल्याउन नसकेर बदनाम बनेको कम्पनीले दोस्रो ठेक्कमा पनि मल ल्याउन नसकेपछि मंसिर ९ गते कृषि सामग्रीले सम्झौता भंगको निर्णय गरेको थियो । लगत्तै कम्पनीले धरौटीबापत ठेकदारले बुझाएको ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको थियो भने कालोसूचीका लागि सिफारिस गरेको थियो । कृषि सामग्रीको निर्णयविरुद्ध ठेकदार कम्पनीले उच्च अदालतमा रिट दायर गरेको थियो ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top