विरोध र आलोचनाको संस्कृति सुधार्न विज्ञहरूको आग्रह

१६ पुस, काठमाडौँ ।

राजनीतिक विरोधका क्रममा लगाइने उच्छृङ्खल नारा, प्रदर्शन र बोलीवचन लोकतान्त्रिक राज्यमा पटक्कै नसुहाउने देखिएको छ ।

राजनीतिक र सामाजिक क्षेत्रमा अन्धभक्ति वा अन्धविरोधको संस्कृति अन्त्य हुन नसकेका कारण बेलाबखत अमर्यादित नारा र आवाज प्रस्तुत भएका पाइन्छन् । त्यस्ता शब्द वा नारा जिम्मेवार सञ्चारमाध्यमबाट पनि प्रकाशन तथा प्रसारण हुनाले जिम्मेवारी बोधको अभाव खड्किएको पाइन्छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको अन्तरविरोध र नयाँ राजनीतिक घटनाक्रमका कारण भइरहेका प्रदर्शन र कार्यक्रमका क्रममा दुवै पक्षबाट एकार्कालाई तल्लोस्तरको आरोप लगाउनु त सामान्य भएको छ भने सडकमा अवाञ्छित र मर्यादित नारा पनि सुन्नुपरेको छ ।

एकले अर्काको सम्मान र मर्यादा गरेर पनि तार्किकरुपमा आफ्ना विरोध र मतलाई अभिव्यक्त गर्न सकिने संवैधानिक हक र सामाजिक आचरणलाई बेवास्ता गरी उद्दण्ड र स्तरहीन नाराले सामाजिक र व्यक्तिगत सम्बन्धमा समेत बाधा पुग्न सक्ने देखिन्छ ।

विगतमा कम्युनिष्टहरु मिल्दा सहजै मिल्न सक्ने र फुट्दा निन्दाका शब्द निकाल्न अग्रसर हुँदै आएकामा पछिल्लो समयका व्यवहारले पनि त्यस्तो प्रवृत्तिमा सुधार आएको देखिएको छैन । ‘सुन्नै नसकिने’ उही शब्द वा कथित नाराको बारम्बार पुनरावृत्ति हुनाले राजनीतिक नेतृत्वले त्यसलाई किन रोक्न सकेन भन्ने प्रश्न पनि उठ्न सक्छ । शब्दहरुको प्रयोग गर्दा शीर्ष नेतृत्व स्वयं शालीन वा विनम्र हुनुपर्ने आवाज पनि नागरिक तहबाट उठेको छ । कुनै समय आफ्नै संस्थापक नेतामाथि लगाइएको ‘गद्दार’ शब्द फिर्ता लिनुपरेको तथ्य पनि यहाँ स्मरणीय हुन्छ ।

राष्ट्रका सर्वोच्च संस्था, कार्यकारी प्रमुख, पार्टी अध्यक्षलगायत शीर्ष नेताहरुसमेतलाई लक्ष्य गरी लगाइएका त्यस्ता नारा र आरोपप्रत्यारोपले विरोध र आलोचनाको संस्कृति र शैली कता जाँदैछ भन्ने प्रश्न खडा भएको छ ।

जिम्मेवार दलका कार्यक्रममा गणतन्त्रविरोधी पक्ष घुसेर स्थितिलाई भड्काउने खेल भइरहेको त होइन भन्ने चिन्ता पनि व्यक्त गरिएको छ । त्यसो त विवादका बेला अति विरोध र आरोपप्रत्यारोपमा उत्रनेहरुलाई भोलिका दिनमा एकता भई सँगै बस्दा ठाउँ रहने गरी प्रस्तुत हुन पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट आग्रह अभिव्यक्त हुँदै आएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय संस्कारहीन नाराहरुको पछि लागिरहनु श्रेयष्कर ठान्नुहुन्न । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकूलसचिव उपाध्यायले विरोधको अवस्थामा पनि न्यूनतम मानवीय संस्कार र व्यवहार प्रदर्शन गर्नु सबै पक्षका लागि अत्यावश्यक भएको बताए । उनले आफ्ना असहमतिलाई शिष्ट, शालीन र सभ्य भाषाबाट व्यक्त गर्न सकिने भएकाले तुच्छ गालीगलोज कसैले कसैलाई पनि गर्न नहुने जनाए ।

साहित्यकार वासुदेव अधिकारीले लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै समाज लोकतान्त्रिक अभ्यासप्रति जिम्मेवार हुदै जानुपर्ने र आफ्ना असहमतिलाई मित्रवत्रुपमा प्रस्तुत गर्नुपर्नेमा गालीगलोजमा उत्रनु उचित नभएको प्रतिक्रिया दिए । ‘शब्द संयोजन’ मासिकका प्रधानसम्पादक अधिकारीले गाली र लाञ्छनाभन्दा वैचारिक कुराहरुका आधारमा विरोध हुनु आवश्यक रहेको जनाउँदै भने, “शीर्ष नेतृत्वहरुबाट पनि सुसंस्कारित अन्तरविरोध सिर्जना गर्नुपर्नेमा त्यस्तो देखिएन । त्यसको असर तल्लो तहका कार्यकर्तामा पनि पर्न गयो । समाजलाई संस्कारयुक्त बनाउने काम नेता र अगुवाहरुकै हो ।”

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेत्री नीरुदेवी पालले महिलामाथि पटक पटक हमला हुने गरेको सन्दर्भ उठाउँदै अमर्यादित नारा लगाउनेहरुलाई आफ्ना पनि दिदीबहिनी र चेलीहरु छन् भन्ने सोच्न आग्रह गरे।

‘मानव अधिकारका लागि एकल महिला’का संस्थापक लीली थापाले भनेका छन्, “कुनै पनि महिलाको चरित्र हत्या गरिनु एकदमै निन्दनीय छ ।” राजनीतिक एवं सामाजिक उच्च छवि बनाएका वा अन्य पुरुषहरुलाई पनि नीचो देखाउन दिइने उपमाहरु दिनु पाच्य ठहरिन्न ।

सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखक गोविन्द भण्डारी कुनै विषयमा बढी आलोचना गर्नका लागि समाज तयार हुनु तर समालोचनाका आधारमा हेर्ने दृष्टिकोण विकास नहुनुले यस्तो स्थिति आएको बताउँछन्।

सामाजिक अध्ययन शिक्षक समाजका महासचिव उहाँले यसका लागि विद्यालय तहदेखि नै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अनिवार्यता थप पुष्टि भएको तर्क गरे ।

सोही प्रसङ्गमा पत्रकार लोग्सरी कुँवरले सामाजिक सञ्जालमा लेखेका छन्, “(यस्ता) गाली बेइज्जती गलत संस्कार र वैचारिक स्खलन हो । यस्तो अभद्र व्यवहारविरुद्ध न्याय खोजौँ ।” रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top