चीनबाट प्राविधिक टोली आउन नसक्दा केही आयोजनाका काम रोकिए

१६ पुस ७७, शुक्रबार

काठमाडौँ : कोभिड–१९ ले गर्दा चीन गएका प्राविधिक टोली र कामदार नफर्किएपछि यहाँ निर्माणाधीन आयोजनाको काम सुरु हुन सकेको छैन । स्वदेशी कामदारले आयोजनामा केही काम मात्र भएको छ । तर कतिपय काममा चिनियाँ प्राविधिक नै चाहिने भएकाले आयोजनाको काम रोकिएको हो ।

अन्तिम चरणमा रहेका आयोजनामा चीनबाट प्राविधिक टोली आउन नसक्दा उपकरण जडानका काम रोकिएका छन् । उदाहरण हो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । प्राविधिक टोली आउन नसक्दा उक्त विमानस्थलको कामले गति लिएको छैन । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ठेक्का लिएको विमानस्थलमा कार्यरत प्राविधिकसहितको टोली अघिल्लो वर्षको पुसमा नयाँ वर्ष मनाउन चीन गएको थियो । टोली यही बीचमा कोभिड–१९ को संक्रमण बढेपछि फर्किन सकेको थिएन ।

पहिलो चरणमा चीनबाट १० जना प्राविधिक टोली आउने तयारी रहेको विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘आउन लाग्दा विमानस्थलमा एक यात्रुमा कोभिड देखिएपछि उनीहरूलाई विमानस्थलकै क्वारेन्टाइनमा राखिएको जानकारी पाएका छौं,’ उनले भने । टोली अघिल्लो बिहीबार नेपाल आउने तयारीमा थियो । अहिले १५ जना मात्र चिनियाँ कामदार फिल्डमा छन् । ३५ जना आउनै बाँकी छ । ‘जसमध्ये पहिलो चरणमा हामीलाई आवश्यक १० जना हुन्,’ उनले भने, ‘तर प्राविधिक टोली नआउँदा आयोजनामा धेरै ठूलो असर पुगेको छ ।’ उनका अनुसार उपकरण, धावनमार्गमा लाइट जडान, टर्मिनल इक्विपमेन्ट जडानका काम रोकिएका छन् । अहिलेसम्म विमानस्थलको भौतिक प्रगति ९४ प्रतिशत छ । ‘हामीले जडान गर्न मिल्ने इक्विपमेन्ट जडान गरिरहेका छौं,’ उनले भने, ‘तर प्राविधिक नहुँदा मुख्य काम रोकिएको छ ।’

चक्रपथको दोसो खण्ड, सुरुङ, मेट्रो रेलको विस्तृत अध्ययनको काम पनि चीनबाट प्राविधिक टोली आउन नसक्दा अघि बढ्न सकेको छैन । बुटवल–नारायणगढ सडक आयोजनामा पनि चिनियाँ कामदार सबै आएका छैनन् । केही कामदार भने कोभिडको भ्याक्सिन लगाउन गएका छन् । केही भ्याक्सिन लगाएर आएको आयोजनाले जानकारी दिएको छ । आयोजनामा ४० जना चिनियाँ कामदार छन् । कोभिडले गर्दा केही समय आयोजनाको काम प्रभावित बने पनि अहिले जारी रहेको आयोजनाको भनाइ छ । उक्त सडकको दुई खण्डमा ठेक्का लगाएर विस्तारको काम थालिएको हो ।

कोभिडको भ्याक्सिन लगाएर चिनियाँ कामदार आउने क्रम सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले पनि बताए । ‘१ सय ५८ जनाको भिसा स्वीकृत भएको छ,’ उनले भने, ‘यसमध्ये ५७ जना आइसकेका छन् ।’ १६ जनाको भिसा प्रक्रियामा छ । अब सबैले कोभिडको भ्याक्सिन लगाएर आउनेछन् । ‘जनवरीभित्र सबै प्राविधिक र कामदार ल्याउने तयारीमा छौं,’ उनले भने, ‘अहिले फिल्डमा १ सय ६० चिनियाँ र ६० जना नेपाली कामदार कार्यरत छन् ।’

अहिलेसम्म विमानस्थल निर्माणको भौतिक प्रगति ६८ प्रतिशत छ । ‘भ्याक्सिन लगाएर आएपछि कोभिडको डर पनि कम हुन्छ, काम पनि अघि बढ्छ,’ उनले भने, ‘अहिले डेकोरेसन, मेकानिकल इन्जिनियरिङलगायतका काम जारी छन् ।’ कोभिडका कारण ठूला आयोजना निर्धारित समयमा नसकिने भएका छन् । समयमै कामदार नआउनु, निर्माण सामग्री नपाउनुलगायत मुख्य समस्या आयोजनाहरूमा छ ।

चिनियाँ कम्पनीले निर्माण जिम्मा लिएका र चिनियाँ कामदार रहेका जलविद्युत् आयोजनाको काम पनि राम्ररी अघि बढेको छैन । चिनियाँ कामदार अहिलेसम्म सबै फर्किनसकेको स्वतन्त्र ऊर्जा उत्पादक संघ ९इप्पान० का सचिव बलराम खतिवडाले बताए । केही आयोजनामा भने नफर्किने गरी कामदार गएका छन् । ७३ मेगावाटको सानिमा तमोर जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ कामदार फर्किएका छैनन् । सानिमाले चीनबाट प्राविधिक टोली मात्र ल्याएको सचिव खतिवडाले बताए । यो आयोजनामा कार्यरत चिनियाँ पहिलो चरणमा ७० र दोस्रो चरणमा ९० जना चीन फर्किएका थिए ।

१ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ कामदार पनि फर्किएका छैनन् । ‘चिनिया कन्ट्र्याक्टर भएका आयोजनामा प्रायः काम बन्द छ,’ उनले भने, ‘त्यस्ता आयोजनामा अहिले चीनबाट प्राविधिक मात्र ल्याउने र नेपाली कन्ट्र्याक्टरमार्फत काम गराउने काम भइरहेको छ ।’ यता १ सय ४० मेगावाटको तनहुँ हाइड्रोपावरमा चिनियाँ कामदार नभएकै कारण समस्या भएको छ । उक्त हाइड्रोमा सात जना चिनियाँ कोभिडको भ्याक्सिन लगाएर फर्किएका छन् । अन्यलाई आउन भने दिइएको छैन ।

वर्क परमिट नलिई आउनेलाई रोक लगाइएको जानकारी आएको सचिव खतिवडाले बताए । ‘चिनियाँ कन्ट्र्याक्टर नहुँदा नेपालीले काम पाएका छन्, आयोजनाको काम ठप्पै भएको छैन,’ उनले भने, ‘तर चिनियाँ कामदारले छाडेर जाँदा केही समय आयोजनाका काम भने प्रभावित बन्यो । आयोजनाले बिस्तारै गति लिन थालेका छन् ।’ अहिले आयोजनाहरूमा नेपाली कामदार राख्न थालिएको उनको भनाइ छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top