नेपालीलाई पुग्ने खाद्यान्न नेपालमै

१६ पुस ७७, शुक्रबार

काठमाडौँ : नेपालीलाई खान पुग्ने खाद्यान्न नेपालमै उत्पादन हुन्छ । नेपालमा भएको उत्पादन खानका लागि मात्र नभई बचत पनि हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।

कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा जम्मा उपभोग्य प्रशोधित खाद्यान्न उपलब्धता ७३ लाख १२ हजार १७२ मेट्रिक टन रहेको छ । त्यसमध्ये नेपालीले ५६ लाख १९ हजार ०२३ मेट्रिक टन मात्र खान्छन् । १६ लाख ९३ हजार १४९ मेट्रिक टन बचत हुने गरेको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीका अनुसार यो गहुँ, धान, मकै, कोदो, फापर, जौको तथ्याङ्क मात्र हो, जुन प्रशोधन गरेर मानिसले खाने गरेका छन् ।

यसमा माछा, मासु, तरकारीलगायतका खाद्यान्न राख्यो भने अझै बचत हुने अवस्था रहन्छ । उहाँले भन्नुभयो, उत्पादन र प्रशोधन गरी मानिसले खाने खाद्यान्नको कुरा मात्र यहाँ गरिएको छ । खाद्यान्न अन्य प्रयोजनका लागि पनि प्रयोग हुन्छ, त्यसलाई तथ्याङ्कमा उल्लेख गरिएको छैन । धान, गहुँ, कोदो, फापर, मकै, जौ अन्य प्रयोजनका लागि पनि प्रयोग हुन्छ ।

पशु, चरा चुरुङ्गीको दाना, बिस्कुट, अन्य ‘ड्राइफुड’ उत्पादनका लागि पनि यसको प्रयोग हुन्छ । मानिसले खानेबाहेक अन्य कुरामा पनि खाद्यान्न प्रयोग हुने भएकाले अलि थोरै अपुग भएर आत्मनिर्भर नभएको जस्तो देखिएको नत्र नेपाल अधिकांश खाद्यान्नमा आत्मनिर्भर रहेको उहाँले दाबी गर्नुभयो ।

गत आर्थिक वर्ष धान ५५ लाख ५० हजार ८७८ मेट्रिक टन उत्पादन भएको थियो भने मकै २८ लाख ९३ हजार ९८७ मेट्रिक टन उत्पादन भएको थियो । गहुँ २१ लाख ८५ हजार २८९, कोदो दुई लाख ४६ हजार ९९९, फापर आठ हजार ९९०, जौ सात हजार ३९५ मेट्रिक टन उत्पादन भएको थियो । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको २०७/७६ को तथ्याङ्कअनुसार नेपालमा उत्पादित प्रशोधित खाद्यान्न सातवटै प्रदेशमध्ये बागमती प्रदेशमा अपुग गरेको छ ।

बागमती प्रदेशमा उपभोग्य प्रशोधित खाद्यान्न नौ लाख ९१ हजार ५६९ मेट्रिक टन रहेको छ भने सो प्रदेशका ६१ लाख ५५ हजार ६२४ जनसङ्ख्याका लागि १२ लाख १८ हजार ६०४ मेट्रिक टन आवश्यक छ । बागमती प्रदेशका लागि दुई लाख २७ हजार ३५ मेट्रिक टन प्रशोधित खाद्यान्न कम रहेको छ ।

अत्यधिक जनसङ्ख्या र सहरीकरणका कारण खाद्यान्नको माग बढी हुन गई बागमतीमा खाद्यान्न न्यून हुन गएको कृषि मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्कअनुसार प्रदेश १ मा छ लाख २८ हजार ९७८, तीन लाख ५५ हजार ६९५, गण्डकी प्रदेशमा दुई लाख १९ हजार ५१४, लुम्बनी प्रदेशमा चार लाख ७५ हजार २८७, कर्णाली प्रदेशमा ६९ हजार २७६ र सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार ४३४ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको छ ।

गत आर्थिक वर्ष ३५ लाख मेट्रिक टन मासु उत्पादन भएको थियो । दूध २० लाख ६० हजार, माछा ९३ हजार मेट्रिक टन उत्पादन भएको थियो भने अन्डा एक अर्ब ६२ करोडवटा उत्पादन भएको थियो ।, याे समाचार गाेरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top