चल्नै नसक्ने र अराजक संसद्को दबाई ताजा जनादेशः प्रधानमन्त्री

१७ पौष, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको बताएका छन् । उनले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको बताए ।

आफू निकट प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका सांसदहरू अनुशासनहीन भएको र सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले ’ताजा जनादेशको दबाई’ खोजेको बताए ।

संसद्‍मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै ओलीले असन्तुष्टि पोखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको भन्दै आक्रोश पोखेका छन् । ’संसद्ले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन् । संसद् विघटन भइसकेपछि केही सांसदहरूले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे । विघटन भइसकेको संसद्को अविश्वास प्रस्तावको कुनै अर्थ थिएन,’ सभामुख सापकोटाले किर्ते गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले थपे, ’संसद् विघटन भइसकेपछि साढे ३ बजे आएको अविश्वासको प्रस्ताव १०ः४० मै आएको थियो भनेर किर्ते सनाखत गरेको थियो । सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झुटो सनाखत सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयो ।’

सभामुख र सांसदहरू अराजक भएको भन्दै त्यसको विकल्प ताजा जनादेश भएको ओलीको भनाइ थियो । ’यसको दबाई ताजा जनादेश हो । चल्नै नसक्ने संसद्को दबाई ताजा जनादेश थियो । संसद् अनुशासन हीन र अराजक भयो,’ उनले भने ।

पार्टीभित्र अस्थिरतातर्फ लैजाने काम भएकाले आफूले कदम चालेको ओलीको भनाइ थियो । उनले अहिले बहुमतमा रहेको भनेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफूहरूसँग बहुमत छ भनिरहेको अवस्थामा त्यसका लागि निर्वाचनमा लाग्न आग्रह गरे । ’बहुमत, अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । त्यो देखाउनका निम्ति सक्रिय हुन आग्रह गर्छु,’ उनको भनाइ थियो ।

बहुमत भए निर्वाचनबाट आउन पनि ओलीले आग्रह गरेका छन् । उनले आफू निर्वाचनबाट अध्यक्ष भएको र सर्वसम्मत दलको नेता भएकाले बहुमत आफूसँगै भएको कुरा दोहो¥याए ।

प्रदेशहरूमा पनि अस्थिरता ल्याउन दाहाल र नेपाल पक्ष लागिरहेको ओलीको भनाइ थियो । उनले प्रदेशहरूमा अविश्वासको प्रस्तावहरू गइरहेको भन्दै त्यसले अशान्ति सिर्जना गर्ने बताए । दाहाल र नेपाल पक्षले गणतन्त्र र संघीयता ठीक होइन भन्नेहरूलाई बढावा दिइरहेको भनाइ ओलीको थियो ।

आफ्नो र राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा दाहाल पक्ष लागेर राजतन्त्र सही हो भन्नेहरूलाई ठाउँ पुगिरहेको ओलीको भनाइ थियो । ’यहाँ त राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिनलाई राष्ट्रपतिको हुर्मत लिने काम भएको छ । संविधान खत्तम हुन्छ भन्ने निरर्थक कुराहरूको हल्ला चलाइएको छ । संविधान कार्यान्वयनका लागि मैले कदम चालेको छु । प्रणालीको रक्षा हुन्छ भनेर त्यसका लागि मैले कदम चालेको छु । पार्टीले यस अभियानलाई ठीक ढंगले अगाडि बढाउँछ भनेर त्यसका लागि मैले यो कदम चालेको छु,’ ओलीले भने ।

ओलीले संसद् पुनःस्थापना नहुने भन्दै सबैलाई निर्वाचनमा आउन आग्रह गरे । उनले आफू आधिकारिक नेकपा भएको भन्दै सूर्य चिह्न आफूले पाउनेमा ढुक्क रहन कार्यकर्ताहरूलाई आश्वस्त पारे ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन पछि नेकपा विभाजनमा गएको छ । उक्त विषयको मुद्दा सर्वोच्चमा चलिरहेको छ । दुवै पक्षले आफू आधिकारिक रूपमा पार्टी भएको भन्दै दाबी गरिरहेका छन् । कान्तिपुर दैनिकबाट साभार ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top