विराटनगरमा भारतीय लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु

१७ पौष, विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

Advertisement

आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको एनएल ओ १ एल ५७८४ नम्बरको भारतीय लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर-४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिँदा घाईते भएका पोखरेलको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने लहरी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top