भारतमा ‘कोभिशिल्ड’ कोरोना खोपले पायो आपतकालीन प्रयोग अनुमति

१८ पुस, नयाँदिल्ली ।

भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले सेरम इन्स्टि्ट्युट अफ इण्डिया.(एसआईआई) द्वारा उत्पादित कोभिशिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रिय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गको विषयगत विज्ञ समितिले शुक्रबार आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।

यो निर्णयसँगै भारतमा खोपको आपत्कालीन प्रयोगको बाटो खुलेको छ । तर, यससम्बन्धी अन्तिम निर्णय भने भारतको औषधि नियन्त्रण महानिर्देशनालयले गर्ने जनाइएको छ । त्यसपछि भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक रुपमा बाटो खुल्ने छ ।

त्यसैगरी भारत बायोटेकद्वारा विकास गरिएको कोभ्याक्सिनको आपत्कालीन अनुमति दिने प्रक्रिया पनि अन्तिम चरणमा रहेको बताइएको छ । भारतमा आपत्कालीन अनुमतिका लागि हालसम्म फाइजर, सेरम र भारत बायोटेकले आवेदन दिएका थिए । बेलायतले सरकारले गत बुधबार मात्र अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्धारा विकसित उक्त खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय गरेको थियो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सेरमले अक्सफोर्ड–एस्ट्राजेनेकासँग मिलेर पाँच करोडभन्दा बढी डोज उत्पादन गरेर तयारी अवस्थामा राखेको छ । कम्पनीले महानिर्देशनालयको निर्णय आउनासाथ विभिन्न राज्यमा आपूर्ति गर्ने गरी कोल्ड स्टोरको चेनको व्यवस्था गरिसकेको बताइएको छ ।

भारत सरकारले आगमी जुलाई महिनासम्म ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top