प्रहरीमा गुणस्तरहीन कपडा खरिद भएको पुष्टि

काठमाडौँ : नेपाल प्रहरीको लत्ता कपडा खरिद स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको छ। नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा बीस हजार मीटर खरिद गर्दा स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको हो। प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानका क्रममा टेण्डरको क्रममा दिइएको नमुनाभन्दा कमसल कपडा ल्याएर भण्डारणमा दाखिला गरेको पुष्टि भएपछि त्यसका आपूर्तिकर्ता क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिका सञ्चालक पिताम्बर मुन्का र प्रतिनिधि नरेन्द्र नाथ पौडेललाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ।

सिआइबी प्रमुख डिआइजी सहकुल थापाले प्रहरीले लगाउने गरेका कपडा गुणस्तहीन भएको गुनासो आएको र त्यसको अनुसन्धान गर्ने क्रममा उलन पाइण्टको कपडामा स्वीकृत नमुना नै फरक परेको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए। ‘धेरैपटक कपडा गुणस्तहीन भएको गुनासो आयो जस्ले गर्दा सिआइबीको ध्यान गएको र अब सबै प्रकारको कपडा खरिदको नमुनासहित परीक्षण गरी अनुसन्धान गरिनेछ,’ डिआइजी थापाले भने।

‘लत्ताकपडा खरिदमा कमिसन र गुणस्तहीन कपडा खरिद’ शीर्षकमा नागरिक दैनिकले २०७६ फागुन २५ गते र २०७६ फागुन ३० गते समाचार प्रकाशित गरेको थियो। सो समाचारपछि तत्कालिन एसएसपी बसन्त पन्तको संयोजकत्वमा छानवीन समिति समेत बनेको थियो। सो समितिले पनि लत्ता कपडा गुणस्तरहीन भएको निष्कर्ष निकालेको थियो। पन्त्को बढुवा भएपछि पनि सो समितले निरन्तर अनुसन्धान गरिररहेको थियो। समितिले साउनदेखि सबै कपडाको गुणस्तर परीक्षण गर्दै निगरानीमा राखेको थियो जसका कारण प्रहरी प्रधान कार्यालयले दिएको प्रतिवेदनको आधारमा सिआइबीले थप अनुसन्धान शुरु गरेको थियो।,याे खबर नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top