कङ्गोमा लडाकु समूहद्वारा २५ जनाको हत्या

१८ पुस, एजेन्सी ।

Advertisement

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एउटा घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन् ।

देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ ।

Advertisement

स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् । सर्वसाधारणहरु नयाँ वर्ष मनाउन गएको स्थानमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरी हत्या गरेको अधिकारकर्मीले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top