काठमाडौंमा आज पनि ओलीपक्षीय भेलाः प्रधानमन्त्रीले सम्बोधन गर्ने

१७ पुस ७७, शनिबार

१८ पुस, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षको भेला आज काठमाडौंमा हुँदै छ।

राजनीतिक रूपमा पार्टी विभाजन भएको अवस्थाकाबीच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीपक्षको भेला दिउँसो १ बजे हुन लागेको हो। ओलीपक्षको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेला नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ।

भेलालाई प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आएका मन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्नेछन्।

गत बुधबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा ओलीपक्षको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेला भएको थियो। गत पुस ५ गते ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल ‘प्रचण्ड-नेपाल’ समूह असन्तुष्ट बनेको छ। त्यसपछि, राजनीतिक रूपमा विभाजित नेकपाको अध्यक्ष ओलीपक्ष र ‘प्रचण्ड-नेपाल’ पक्षले छुट्टा–छुट्टै भेला गर्दै आएका छन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top