१८ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई सुदृढ बनाएर आँधी तुफानको साथ काम गर्ने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अब पार्टीले आफ्नो परिवारलाई नभएर जनताको पक्षमा काम गर्ने दाबी गरे। अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको ओलीले आरोप लगाए।
‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न दिनुभयो नै’ उनले भने। पार्टीभित्रको बैठक बैठकजस्तो नभएर गुटको समीकरण भएको बताए ।
यस्तै ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुन्तला खानका लागि सल्लाघारीमा नजान आग्रह गरेका छन्। उनले यस्तो आग्रह गरेका हुन्।
उहाँहरूको ध्यान कुर्सीमा मात्रै छ। हाम्रो बैठकमा आएको भए पाइहाल्थ्यो नि’ उनले भने, सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन।










