ओलीले सोधे – ‘कसले भन्यो प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ ?’

१८ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने ठोकुवा गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेको बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीले ठोकुवा गरेका हुन् ।

आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलामा शनिबार प्रधानमन्त्री ओलीले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको बताए । ‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन उहाँहरू भन्नुभएको होला,’ प्रधानमन्त्रीको भनाइ थियो । प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले आफूलाई जानकारी नदिइ राष्ट्रपतिकहाँ गएर विशेष अधिवेशन माग गर्नु, संसदमा सरकारले लगेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्नु लगायत रहेको बताए । तीन वर्षदेखिका विधेयक संसदीय समितिमा लगेर अड्काएकाले पनि प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गरिएको बताए । कतिपयबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कुप्रचार गरिएको भन्दै आफूसँग लगभग दुई तिहाई रहेको र पनि निर्वाचन चाहियो भनेकाले पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीको ठोकुवा थियो । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए । ‘प्रतिनिधिसभा विघटन गरेर नयाँ जानादेशका लागि जाने सिफारिस लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व खतरामा परेका ले हो,’ ओलीले भने । प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएपछिको गठबन्धनबारे विभिन्न सञ्चारमाध्यमले अनावश्यक अल्ला फैलाइएको भन्दै रोष प्रकट गरे ।

प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै ओलीले पुनर्स्थापना हुनै नसक्ने बताए । उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए । उनले मुद्दा लड्नु सबैको अधिकार रहेको र लड्दै गर्ने तर निर्वाचनको तयारी सुरु भइसकेको भनाइ राखे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top