आफू चढेको गाडीले पैदलयात्रीलाई ठक्कर दिएपछि मन्त्री प्रभु साहले भने- झुक्किएर भयो

१८ पुस, काठमाडौं ।

सहरी विकासमन्त्री प्रभु साहले रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चोकमा भएको दुर्घटनालाई झुक्किएर भएको बताएका छन्। उनले आफू चढेको गाडीबाट झुक्किएर लडेको व्यक्तिलाई केही नभएको र ढुक्क भएर हिँडेको विषयलाई केही अनलाइन मिडियाले अतिरञ्जित ढंगले प्रचार गरेको आरोप लगाएका छन्।

भन्त्री साहले फेसबुकमार्फत् भनेका छन् ‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाडीबाट झुक्किएर लडेको व्यक्तिलाई केही पनि नभएकाले ढुक्क भएर हिँडेको सामान्य विषयलाई ‘ठक्कर दिएर भागे’ भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी ‘खुलेको’ भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दु:खद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ‚’ उनले लेखेका छन्‚ ‘सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ।’

Advertisement

मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जिपले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको थियाे । गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ । घाइते तामाङको अवस्था सामान्य छ ।

प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार पश्चिमबाट पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा जिप भागेको बताइएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top