मुम्बई हमलाका योजनाकार लखवी पाकिस्तानमा पक्राउ

१९ पुस, एजेन्सी ।
भारतको मुम्बई हमलाका योजनाकार जुकी उर रहमान लखवीलाई पाकिस्तानले गिरफ्तार गरेको छ।

Advertisement

सन् २००८ मा मुम्बई चरमपन्थी हमला हुँदा १६६ जना मारिएका थिए। यो हमला लश्कर ए तैयबाको योजनामा भएको थियो। लखवी लश्करका कमाण्डर हुन्।

पाकिस्तानको आतंक निरोधी विभागले आतंकवादमा लगानी गरेको आरोपमा लखवीलाई गिरफ्तार गरेको जनाएको छ।

Advertisement

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले आतंकवादका क्षेत्रमा भइरहेको लगानीलाई लिएर पाकिस्तानलाई ग्रे लिस्टमा राख्ने–नराख्नेबारे निर्णय लिनुअघि पाकिस्तानले लखवीलाई पक्राउ गरेको हो।

एफएटीएफ बैठक केही हप्ताभित्रै आयोजना हुँदैछ। एफएटीएफले विश्वव्यापी मुद्रा अपचलन रोक्न नीति बनाउने गर्छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top