सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

१९ पुस ७७, आइतबार
Share this
756shares

१९ पुस, हुम्ला ।
साना जलविद्युत आयोजनाको पानी सुक्न थालेपछि हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहेको छ।

Advertisement

हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए।

लामो लोडसेडिङका कारण सिमकोटबासीको दैनिक प्रभावित भएको छ भने एसईई तयारी गरिरहेका विद्यार्थीलाई समस्या भएको छ।

Advertisement

आउँदो जेठमा एसईई तयारी गर्न सिमकोटमा ट्युसन पढ्न आएका र स्थानीय विद्यार्थीलाई समस्या भएको हो। कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले लामो समय लोडसेडिङ हुन थालेपछि झनै समस्या भएको भन्दै चिन्ता गर्न थालेका छन्।

जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गत वर्षको ५ चैतदेखि देशभरका विद्यालय बन्द गरेसँगै विद्यार्थीको पठनपाठन प्रभावित बनेको थियो।

Advertisement

यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ।

दिनमा तीन पटक लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ। एक भारी दाउराको सिमकोटमा रु.१००० पर्न थालेको छ। लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top