शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको कोरोना संक्रमणबाट निधन

१९ पौष, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइराला ‘निरू दा’ को निधन भएको छ ।

पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो ।

कोरोनाबाट पीडित उनको आज बिहान ११ बजे निधन भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

Advertisement

कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए ।

दाजु बिरामी परेपछि शेखर गत पुस १४ गते नयाँदिल्ली गएका थिए। उनी अहिले पनि नयाँदिल्लीमै छन्। थपलियाका अनुसार आजै ‘निरू दा’ को नयाँदिल्लीमै अन्त्येष्टि गर्ने तयारी छ।

निरञ्जन केशव कोइराला र नोना कोइरालाका छोरा हुन्। निरञ्जन नेपालको पञ्चायती शासनकाविरूद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय थिए।

उनी नेपालका पर्यटन व्यवसायीसमेत हुन्। उनी पछिल्लो समय भारत नयाँदिल्लीमा रहेर व्यवसायमा सम्लग्न थिए।

निरञ्जनका दुई जना छोरा छन्। उनकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ।

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top