सशस्त्र प्रहरीको लिखित परीक्षामा सहभागी १४ नक्कली परीक्षार्थी पक्राउ

१९ पौष, काठमाडौं । सशस्त्र प्रहरी जवान पद खुला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

नक्कली परीक्षार्थी बनि परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट आठ जना, जुम्लाबाट दुई जना र सुर्खेतबाट चार जना गरी १४ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top