त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले भन्नुभयो, “पाँच सयभन्दा बढी उपप्राध्यापक पदका लागि प्रक्रिया अगाडि बढाइएको छ । एक महिनाभित्रै यसको सबै टुङ्गो लगाइनेछ । ” उहाँले उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने जानकारी दिनुभयो ।

विश्वविद्यालयले परीक्षा प्रणालीमा पनि आवश्यक सुधार हुँदै गएको चर्चा गर्दै उपकुलपति बाँस्कोटाले भन्नुभयो, “यो अवस्थामा विश्वविद्यालयमा सेवा प्रवेश गर्ने प्राध्यापकको गुणस्तर, सेवा प्रवेश गर्ने माध्यम तथा प्रक्रियाबारे चनाखो हुनुपर्ने अवस्था छ । ”

Advertisement

उहाँले कतिपय विषयमा दरबन्दी साटफेर गरेर भए पनि पदपूर्ति गरिने योजना सुनाउँदै यसका लागि दरबन्दी सङ्कलनको अन्तिम चरणको काम भइरहेको बताउनुभयो । यसका साथै विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दीसमेत सङ्कलन गर्ने काम भइरहेको छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top