सरकारले किन सार्वजनिक गरेन नयाँ नेपालको क्षेत्रफल ?

काठमाडौँ : सरकारले गत जेठमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्‍यो तर, नयाँ नक्साअनुसार मापन गरिएको नेपाल कुल क्षेत्रफलसम्बन्धी रिपोर्ट भने गोप्य राखेको छ। नापी विभागले गत जेठ महिनामै नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल पुनः मापन गरी भूमि व्यवस्था मन्त्रालयलाई रिपोर्ट बुझाएको थियो। तर मन्त्रालयले अहिलेसम्म उक्त रिपोर्ट अत्यन्त गोप्य राखेको छ।

विभागले तयार गरेको रिपोर्ट सरकारले सार्वजनिक नगरेपछि अहिले नेपालको आधिकरिक क्षेत्रफल घोषणा हुन सकेको छैन। यसअघि, भन्ने गरिएको १लाख ४७ हजार १ सय ८१ वर्ग किमि क्षेत्रफल नयाँ नक्सा जारी गर्नुअघिको क्षेत्रफल हो। अहिलेको क्षेत्रफल होइन।

भूमि व्यवस्था मन्त्रायय स्रोतका अनुसार, नयाँ नक्साअनुसार पहिलेको भन्दा क्षेत्रफल बढेको पाइएको छ। उच्च स्रोत भन्छ, ८ महिनाअघि जारी भएको नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ५८ हजार ७ वर्ग किमि रहेको पाइएको छ।

Advertisement

भूमि व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डेले उपयुक्त समयमा नयाँ नक्साअनुसार नयाँ क्षेत्रफल सार्वजनिक गरिने बताए। हाल परराष्ट्र मन्त्रालयले कूटनीतिक समन्वय गरीरहेको पनि उनले बताए। ‘यो परराष्ट्रको पनि चासाको विषय हो। परराष्ट्रले कूटनीतिक समन्वय गरिरहेको छ। त्यसैले नक्सा सार्वजनिक हुन नसकेको हो,’ पाण्डेले भने। तर पाण्डेको भनाइसँग भूमि व्यवस्था मन्त्रालयकै एक उच्च कर्मचारीले असहमति प्रकट गरे।, याे खबर नागरिक दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top