न्यान्सी चौथोपटक हाउस अफ रिप्रिजेनटेटिभको सभामुखमा निर्वाचित

२० पुस, एजेन्सी ।
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित भएकी छन् ।

उनी चौथोपटक हाउस अफ रिप्रिजेनटेटिभको सभामुखमा निर्वाचित भएकी हुन् । १७ वर्ष तल्लो सदनको प्रमुखका रुपमा काम गरेकी पेलोसीलाई सभामुखमा अरुले चुनौति दिएका थिएनन् ।

उनी सन् २००६ मा पहिलोपटक सभामुख बनेकी थिइन् । उनी सो पदमा पुग्ने पहिलो महिला हुन् । उनी सन् २००६ देखि २०११ सम्म सभामुख रहिन् । त्यसपछि सन् २०१८ मा डेमोक्र्याटिक पार्टीले पुनः तल्लो सदनमा नियन्त्रण कायम गरेपछि उनी सभामुखमा पुनः निर्वाचित भएकी थिइन् ।

गएको नोभेम्बरमा भएको चुनावमा उनको पार्टीले केही सिट गुमाए पनि तल्लो सदनमा नियन्त्रण कायम गरेको छ । ८० वर्षकी पेलोसी ५० वर्ष भन्दा लामो राजनीतिक जीवनमा अधिकांश समय अमेरिकी राजनीतिमा प्रमुख पात्रका रुपमा रहेकी छन् ।

सभामुखका रुपमा उनी नयाँ राष्ट्रपतिका एजेण्डाहरु अघि बढाउन महत्वपूर्ण साबित हुने छिन् । आइतबार भएको मतदानमा उनले २१६ मत पाइन् । रिपब्लिकनहरु उनीविरुद्ध एकतावद्ध थिए ।

तल्लो सदनका रिपब्लिकन लिडर केविन म्याकर्थीले २०९ मत पाए । तल्लो सदनमा निकै साँघुरो बहुमत रहेकाले काम गर्न यो पटक यसअघिको भन्दा कठिन हुने पेलोसीले बुझेकी छन् । तल्लो सदनमा डेमोक्र्याटहरुको अबको सेसनमा २२२ सिट हुनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top