देशभर वर्षा र हिमपातको सम्भावना

१९ पुस ७७, सोमबार

२० पुस, एजेन्सी ।
आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ।

Advertisement

पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए। ‘ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ”, मौसमविद् श्रेष्ठले भने।

उक्त प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने बताइएको छ। काठमाडौँमा आज बिहान हल्का वर्षा भएको थियो। त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ। हाल देशभर सामान्य बदली रहेको छ।

Advertisement

दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र प्रदेश नं १ को भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री र अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस रहेको छ।

Advertisement

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस ०.६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top