Nepal Times
Nepal Times
3
Shares

सत्तारुढ दलको नाम परिवर्तन ः अण्डरलाइन हट्यो, (ने क पा) थपियो

सत्तारुढ दलको नाम परिवर्तन ः अण्डरलाइन हट्यो, (ने क पा) थपियो

विराटनगर,जेठ १७
तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी आफ्नो नाम परिवर्तन गर्ने भएको छ ।

निर्वाचन आयोगले कम्युनिस्ट पार्टीको अण्डरलाइन राखेर दल दर्ता गर्न अस्वीकार गरेर नाम पुनर्विचार गर्न भनेपछि नेपाल कम्युनिस्ट पार्टीको अण्डरलाइन हटाएर पछाडि (ने क पा) थप्न लागिएको हो ।

दल दर्ता प्रक्रियामा रहेका नेकपाका एक नेताले भने, ‘हामी आजै यो नाम आयोगमा बुझाउँदैछौं ।’

पार्टीका ४४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकताको प्रतिलिति भने बुझाइसकिएको छ ।

एमाले र माओवादीले एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको थियो । ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी यसअघि नै आयोगमा दर्ता भएका कारण नेकपा अन्डरलाईन राखेर दल दर्ता गरेको थियो ।

त्यसैले दुई दलले पार्टी एकता घोषणा गर्नुअघि आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न आवेदन दिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.