×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग

२० पुष २०७७

२० पुस, पाँचथर ।

कोभिड–१९ को महामारीसँग जुध्न जारी गरिएको बन्दाबन्दी (लकडाउन) ले समाजका धेरै क्षेत्रमा निकै गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीले आम मानिसको जीवनमा गम्भीर समस्याहरु सिर्जना गरेको भएपनि केही सकारात्मक प्रभाव पनि यहाँ देखिन थालेका छन् । गत चैत ११ गतेदेखि कडाइका साथ लागू गरिएको बन्दाबन्दीले आम मानिसको दैनिकीमा नै परिवर्तन ल्यायो ।

Advertisement
Advertisement

दैनिकीमा आएका परिवर्तनले भ्रमण संस्कृतिको विकास हुन थालेपछि पूर्वी पहाडको आन्तरिक पर्यटन जुर्मुराउन थालेको छ । गाउँ होस् वा सहर बजार सबै ठाउँका मानिसमा समय मिलेपछि घुम्न जाने बानी बन्दाबन्दीकै कारण विकास भएको देखिएको छ । करीब ती हजार ६०० मिटर उचाइमा रहेको तीनसीमाना पुग्नु धेरै मानिसका लागि चुनौतीपूर्ण काम हो ।

लेक लाग्ने समस्या, न्यूनतम पर्यटकीय पूर्वाधारको अभाव, भ्रमण सहयोगी अभाव, खाने बस्ने प्रबन्धको अभाव जस्ता समस्या रहे पनि नेपाल–भारत सीमावर्ती तीन सिमानामा गत भदौ यता दैनिक सयौँ आन्तरिक पर्यटक पुग्न थालेका छन् । करीब तीन हजार २०० मिटर उचाइमा रहेको गोर्खेपानीमा होटल सञ्चालन गरेका नवीन सावदेन दैनिक सयौँ पर्यटक सीमा क्षेत्रमा आएको देख्दा अचम्मित छन्।

“बन्दाबन्दीपछि दैनिक सयौँ मानिस आउन थालेका छन् । गाडी र बन्दोबस्तीका सामग्री ल्याएर दिनभर यहाँ रमाइलो गरेर फर्कन्छन्”, सावदेनले भने, “गाउँ–गाउँका मानिस निकै दुःख गरेर घुम्न आउन थालेका छन् ।” करीब दुई हजार ८०० मिटरदेखि तीन हजार ६०० मिटरको उचाइमा रहेको फालोट क्षेत्र मनोरञ्जनका दृष्टिले निकै आकर्षक रहेकाले पर्यटकको उल्लेख्य उपस्थिति हुन थालेको छ ।

“नेपालतर्फ व्यवस्थित बाटो नहुँदासमेत पर्यटक आइरहेका छन् । अहिले त भ्रमण संस्कृतिको विकास भएजस्तो लाग्छ”, फालेलुङ–४ का श्याम थाम्सुहाङले भने, “पहिले यहाँ पदयात्रामा निस्कने भारतीय पर्यटकहरु मात्रै भेटिन्थे । अहिले नेपालीको बाक्लो उपस्थिति देखिन्छ ।” फालोट क्षेत्रबाट नेपाल, सिक्किम (भारत) र भूटानका हिमाल हेर्न सकिने भएकाले यहाँ पर्यटकको चाप बढेको छ ।

यहाँबाट सर्वोच्च शिखर सगरमाथादेखि सिक्किमको लाचेलाचेन तथा भूटानका हिमालसमेत देख्न सकिन्छ । यो स्थान दक्षिण एशियाकै सबैभन्दा धेरै हिमाल देख्न सकिने स्थानका रुपमा समेत परिचित छ । यहाँबाट सूर्योदय, सूर्यास्त र पहाडी भू–भाग, चौंरीपालन, भेडापालन, जडीबुटीलगायत पाइने हुँदा पर्यटकको चाप बढेको छ ।

“बन्दाबन्दीपछि आसपासका क्षेत्रका पर्यटकको चाप ह्वात्तै बढेको छ”, यस क्षेत्रको पर्यटन विकासमा सक्रिय चन्द्रलाल नेपालले भने, “वनभोज खान आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । अब पूर्वाधार विकास र प्रचारप्रसार बढाउनसके बाह्य पर्यटक भित्रने वातावरण बनेको छ ।” यहाँको दीपज्योति युवा क्लबले विभिन्न प्रचार सामग्रीमा तस्वीर राखेर प्रचार गरेपछि चर्चामा आएको फालेलुङकै मुवा झरनामा अहिले दैनिक सयौँ पर्यटक पुग्छन् ।

स्थानीयवासी गीता जबेगुले भने, “नहुँदा पनि दिनमा ४०–५० जना मानिस आउँछन् । कहिलेकाहीँ २०० जनासम्म पर्यटक आइपुग्छन् ।” झरनासम्म सडक विस्तार गरी थप पूर्वाधार बनाउनसके पर्यटकको चाप हुने फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवाको अनुमान छ । “बन्दाबन्दीपछि मानिसमा समय मिले घुम्नुपर्छ भन्ने लाग्न थालेको पाइन्छ”, बान्तवाले भने, “स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जुट्न सके अर्थतन्त्र चलायमान बनाउन सकिन्थ्यो ।”

मेची राजमार्गको आसपास हिलिहाङ र याङवरक गाउँपालिकामा रहेका पर्यटकीयस्थल जोरपोखरी, आगेजुङ गुम्बा, भोटेगढी, कालोपानी, ५२ मौलो कालिका धाम, हिलिहाङ दरबार क्षेत्रमा समेत दैनिक पुग्ने पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको छ । जोरपोखरीमा पोखरीसहित शहीद पार्क तथा माङहिम (मन्दिर) मा घुम्ने र तस्वीर खिच्ने दिनहुँ बढिरहेका छन् । हिलिहाङ दरबार क्षेत्रमा हिलिहाङको शालिक तथा दरबारको भग्नावशेष क्षेत्रमा घुम्ने प्रशस्तै भेटिन्छन् ।

यहाँ आउने अधिकांश पर्यटक स्थानीय हुने गरेको हिलिहाङ–६ का राजन खतिवडाको भनाइ छ । याङवरकमा रहेको ५२ मौलाकालिका धाममा यस वर्ष घुम्न पुग्नेहरु पनि प्रशस्तै छन् । “पहिलेभन्दा घुम्न आउनेहरुको सङ्ख्या बढेको छ । बन्दाबन्दीपछि यो क्रम बढेको पाएको छु”, याङवरक–४ का वडाध्यक्ष शहरनन्द योङहाङले भने, “वडा, गाउँपालिका तथा केही स्थानीयवासीको सहयोगमा पर्यटकीय क्षेत्रमा पूर्वाधार थप्दै छौँ ।”

पाँचथर–ताप्लेजुङ सीमामा पर्ने तिम्बुपोखरी घुम्न जाने पर्यटकको सङ्ख्या विगतका वर्षमा भन्दामा वृद्धि भएको छ । साउनदेखि असोजसम्म तिम्बुपोखरी पुग्न सकिन्छ । करिब चार हजार ४८० मिटरको उचाइमा रहेको तिम्बुपोखरी पुग्न निकै कठिन पर्छ । कम्तीमा पाँच दिनको पैदल यात्राले मात्रै तिम्बुपोखरी पुगेर फर्कन सकिन्छ । यसवर्ष पाँचथरसहित आसपासका क्षेत्रका पर्यटक तथा तीर्थयात्री धेरै भेटिएको गोठ सञ्चालक देउकुमार बेघा बताउँछन्।

“यस वर्ष स्थानीय मानिस नै धेरै भेटिए”, बेघाले भने, “बन्दाबन्दीले लामो समय घरैमा बस्नु परेकाले लामो पदयात्रा भएपनि घुम्न निस्केको भन्ने धेरै भेटिए ।” तिम्बुपोखरी पुगेर फर्केका याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ अहिले त घुम्न जाने चलन नै सुरुआत भएको बताउँछिन् । “यतिबेला घुम्न जानुपर्छ भन्ने लागेर हिँडेका धेरै मानिस भेट्टायौँ”, योङहाङले भनिन्, “धेरै मानिस जिल्ला भित्रकै हुनुहुन्थ्यो । हामी पनि त्यहि लहरले तिम्बुपोखरी पुग्यौँ ।”

फिदिम नगरपालिकामा पर्ने साधुटार, लब्रेकुटी, सिलौटीलगायत स्थानमा घुम्न पुग्नेको सङ्ख्या पनि उल्लेख्य हुने गरेको छ । किराँत धर्मावलम्बीको मुख्य धार्मिकस्थल लब्रेकुटी र सिलौटी घुम्न आउने बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटक प्रशस्तै हुने गर्दछ ।पछिल्ला केही वर्षदेखि चर्चामा आएको साधुटारमा भने सधैँ पर्यटकको घुँइचो लाग्ने गरेको छ । फिदिम–१४ मा रहेको सुकेपोखरीमा पुग्ने र यहाँ सञ्चालित घरबास (होमस्टे)हरुमा बास बस्नेहरु उल्लेख्य सङ्ख्यामा रहेको घरबास सञ्चालक सुरेश राई बताउँछन् ।

सबै ठाउँ पूर्वाधारकै अभाव

फालोट पुग्ने पर्यटकले आफैँ जोहो नगरी पानीसमेत पिउन पाउँदैनन् । दैनिक सयौँको सङ्ख्यामा पुग्ने पर्यटकलाई केही सीमित गोठबाट सेवा दिन सम्भव छैन । पूर्वाधार विकास गरी प्रचार गर्नसके फालोटको तीन सिमाना क्षेत्र हिमश्रृङ्खला अवलोकनका लागि देशकै उत्कृष्ट बन्नसक्ने यस क्षेत्रको पर्यटन विकासमा सक्रिय चन्द्रलाल नेपाल बताउँछन् । यहाँबाट सर्वोच्च शिखर सगरमाथादेखि सिक्किमको लाचेलाचेन तथा भूटानका हिमालसमेत देख्न सकिन्छ ।

भारतभन्दा नेपालतर्फबाट हिमश्रृङ्खलाको अवलोकन सहज र आकर्षक हुन्छ । भारतले आफ्नोतर्फ घरबास र होटल सञ्चालन गरेको छ । “यहाँ रहेका गोठमै पर्यटकलाई राख्ने र सुविधा दिने तयारीसहित ‘गोठस्टे’ (गोठमा बास) सञ्चालनको तयारी गरिरहेका छौँ”, नेपालले भने । दीपज्योति युवा क्लबको पहलमा गोठको सुधार गर्न लागिएको हो ।

सीमा क्षेत्रमा भर्खरै बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएका छन् । राज्यको उपस्थितिपछि पूर्वाधार विकासले गति लिने फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेन बताउँछन् । सम्भावना भएपनि पूर्वाधारको अभावले फालोट क्षेत्र पर्यटकीय गन्तब्यका रुपमा प्रचारमा आउन नसकिरहेको वडाध्यक्ष सावदेन बताउँछन् ।

फिदिम–८ मा रहेको साधुटारमा पर्यटकको चाप भए पनि आवश्यक पूर्वाधार छैनन् । यहाँ रहेको सानो तर आकर्षक पोखरी र चौर आन्तरिक पर्यटकको आकर्षणमा पर्ने गरेका छन् । तर पर्यटकले चाहेजसरी रमाउन पाउँदैनन् । पोखरीको संरक्षण र सरसफाइसमेत हुन सकिरहेको छैन । आफैँ सवारी साधन लिइ नआउनेले मेची राजमार्गको पौवा भञ्ज्याङबाट करिब एक घण्टा पैदल यात्रा गर्नुपर्दा पर्यटक कम भएको स्थानीयवासी बताउँछन् ।

गुराँस फुल्ने समयमा निकै आकर्षक देखिने याङवरकको लामपोखरी क्षेत्रमा हालैमात्र गाउँपालिकाले सडक पु¥याएको छ । “व्यवस्थित सडक निर्माण गरी प्रचार गर्नसके सिजनमा यहाँ टिएमजे (तीनजुरे–मिल्के–जलजले) क्षेत्रमा जत्तिकै पर्यटक आउन सक्छन्”, याङवरक–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलले भने, “तर पूर्वाधार विकासमा हामीले पर्याप्त बजेट पाएनौँ । माथिल्ला सरकारले यो ठाउँ देखेनन् ।” सानाठूला गरी पाँच वटा पोखरी रहेको लामपोखरी क्षेत्रमा राज्यको लगानी नै पुग्न सकेको छैन ।

निकै आकर्षक सूर्योदय देख्न सकिने फिदिम नगरपालिका–१४ स्थित लोहकिल क्षेत्रमा समेत पर्यटकीय संरचनाको विकास हुन सकेको छैन । स्थानीयले तीनै तहका सरकारसँग हारगुहार गरेर लोहकिल डाँडासम्म पदमार्ग पु¥याएका छन् । सुकेपोखरीलाई आकर्षक ढङ्गले सजाइनुका साथै आसपासमा घरवास सञ्चालनमा ल्याइएका छन् । “हाम्रो प्रयासले मात्रै पनि आन्तरिक पर्यटकको राम्रै उपस्थिति हुन थालेको छ”, सुकेपोखरीको विकासमा सक्रिय सुरेश राईले भने, “पूर्वाधार विकासमा सरकारले लगानी बढाउनुप¥यो ।”

अधिकांश पर्यटकीय क्षेत्र पूर्वाधारकै अभाव झेलिरहेका छन् । याङवरकको चरिभञ्ज्याङ तथा मिक्लाजुङको सेन्छेलुङ चिया बगान क्षेत्रसमेत पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिन्छन् । तर यी क्षेत्रमा पूर्वाधार विकासको कामले गति लिन सकेको छैन ।जिल्लामा ऐतिहासिक, पुरातात्विक, जातीय/साँस्कृतिक महत्वका दर्जनौँ पर्यटकीय स्थलहरु पूर्वाधार र प्रचारको पर्खाइमा छन् । अभियान नै चलाएर पर्यटकीय क्षेत्रको प्रचार गरिरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हर्कबहादुर नेम्वाङ पूर्वाधार निर्माणलाई गति दिनुपर्ने बताउँछन् ।

आकर्षक, मौलिक र प्राकृतिक हिसाबले पूर्वाधार निर्माण गर्न सके यहाँका पर्यटकीयस्थल अन्य जिल्लाका स्थलको दाँजोमा अब्बल ठहरिने उहाँको विश्वास छ । नेम्वाङ नेतृत्वको टोलीले गत वर्ष पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पाँचथरको प्रचार गर्दै मोटरसाइकल यात्रा पूरा गरेको थियो । “यात्राका क्रममा धेरै पर्यटकीय ठाउँ हे¥यौँ”, नेम्वाङले भने, “पूर्वाधार थप्न सके यहाँका पर्यटकीयस्थल पर्यटकलाई आकर्षण गर्न कम छैनन् भन्ने हाम्रो निष्कर्ष हो ।”

जिल्ला चिनाउने मुख्य स्थान नहुँदा समस्या

छिमेकको इलामले सन्दकपुर, कन्याम, माइपोखरी, श्रीअन्तु जस्ता स्थानलाई विश्वसामु चिनाइसकेको छ । हिमालको जिल्ला ताप्लेजुङ त विदेशी पर्यटकको बाक्लो आवागमन हुने स्थानमा पर्छ । तर बीचमा रहेको पाँचथरले आफूलाई चिनाउने एउटा प्रभावकारी पर्यटकीयस्थल स्थापित गर्न सकेको छैन । लब्रेकुटी र सिलौटी समेटिएको ‘फाल्गुनन्द सर्किट’ लाई सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचिकृत गरेपछि यहाँ पर्यटकको सङ्ख्या बढेको छ ।

किराँत धर्मावलम्बीको चासो पनि बढेको छ । तर अझै उक्त स्थानले पाँचथर चिनाउन सकेको छैन । लब्रेकुटी र सिलौटीभन्दा इलामको माङ्सेबुङ पुग्ने तीर्थयात्रीको सङ्ख्या बढी हुने गर्दछ । झापाका पर्यटन व्यवसायी नेत्र कार्की भएजति सबै पर्यटकीयस्थललाई एकसाथ विकास र प्रचार गर्न थाल्दा यहाँका कुनै पनि स्थानले अपेक्षित उचाई नपाएको बताउँछन् ।

मुलुक सङ्घीय संरचनामा गएपछि मात्रै यहाँ पर्यटन विकासका काम सुरु भएका छन् । त्यसैले यहाँ पूर्वाधार थप्न समय लाग्ने सरोकारवाला बताउँछन् । प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबे सङ्घीय संरचनाले पर्यटन विकासलाई द्रूत गतिमा अघि बढाउन सघाउ पु¥याएको बताउँछन् ।

कृषि, ग्रामीण र धार्मिक पर्यटन प्रवद्र्धन, घरबासको विकास एवं पर्यटकीय वातावरण निर्माणमा गर्दै आन्तरिक पर्यटन विकासमा जोड दिनुपर्ने उनको जोड छ । “कोभिड–१९ को महामारीपछि जागेको आन्तरिक पर्यटनलाई बचाइराख्न सकिए पर्यटनका माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन सकिन्छ”, थेबेले भने, “यसले स्थानीयवासीको आयआर्जन अभिवृद्धिमा समेत सघाउ पुग्छ ।”

पर्यटन प्रवद्र्धनमा स्थानीय तहको पहल भने शुरु भएको छ । यहाँको मिक्लाजुङ गाउँपालिकाले बुद्धपार्क तथा बेहुली ढुङ्गासहितका पर्यटकीय क्षेत्रको विकासमा लगानी गरिरहेको छ । फिदिम नगरपालिकाले फिदिम–२ रमितेमा भ्यू–टावर निर्माण गरेको छ । हिलिहाङ गाउँपालिकाले हिलिहाङ महोत्सव आयोजना गरी गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरेको छ ।

याङवरकले याङवरक पोखरी, ५२ मौलो कालिका धाम, चरिभञ्ज्याङ, लामपोखरी र तिम्बुपोखरीको विकासमा लगानी गरिरहेको छ । प्रदेश नम्बर १ सरकार र सङ्घीय सरकारले समेत पर्यटकीय महत्वका स्थलहरुको विकासमा लगानी गरिरहेका छन् । तीनै तहले थालेको अभियानले सकारात्मक परिणाम दिने र धेरै पर्यटकीयस्थलले पूर्वाधार विकासमा फड्को मार्ने अपेक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाइ छ ।

Advertisement

अहिले जारी प्रयासलाई एकीकृत र व्यवस्थित गर्दै किराँत धर्मावलम्बी र लिम्बू समुदायको ऐतिहासिक÷साँस्कृतिक महत्वकास्थलको प्रचारमा विशेष ध्यान दिएमात्रै यहाँले पर्यटकीयस्थलमा विदेशी पर्यटकको चासो हुनसक्ने देखिन्छ । कोभिड–१९ द्वारा सिर्जित परिस्थितिमा आन्तरिक पर्यटनमा देखिएको उत्साहलाई आधार बनाई समग्र पर्यटन विकाससम्बन्धी काम अगाडि बढ्नसके पाँचथरले छिमेकी जिल्लाहरुको लय समात्न सक्ने यस क्षेत्रमा सक्रिय सरोकारवालाको भनाइ छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top