सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई

२० पुस ७७, मंगलबार

इलाम : नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्याेदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन् ।

स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाडेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस)ले देखाएको ठाउँ भन्दै नेपाली भूभागपट्टि पिलर गाड्ने प्रयास गरेको सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी)का इन्स्पेक्टर नवीन खतिवडाले बताए । उनले भने, ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाड्न खोजेको रहेछ ।’

भारतले सीमा क्षेत्रमा राखेको एसएसबीको बीओपीमा नयाँ नेतृत्व आएपछि पिलर गाड््ने प्रयास भएको सशस्त्र प्रहरी निरीक्षक खतिवडाले बताए । नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पटक पटक सिमानामा भएको विवादले स्थानीय समस्यामा पर्न थालेका छन् । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरे पनि सानोतिनो समस्या अहिले पनि देखिरहने गरेको छ ।

Advertisement

नेपालको पूर्वी क्षेत्रमा भारतसँग जोडिएको सीमा क्षेत्रमा जिल्लाको प्रमुख सुरक्षा चुनौती देखिएको छ । नेपाल–भारत सीमास्तम्भको सुरक्षा र त्यहाँ भइरहने गतिविधि मुख्य चुनौतीका रूपमा रहेको छ ।

भारतीय सीमा क्षेत्र इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा बीओपी स्थापना भइसकेका छन् । मानेभन्ज्याङमा बीओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन् ।

Advertisement

सीमास्तम्भ सुरक्षा र सिमानामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि धमाधम सीमामै बीओपी राखिए पनि सीमा सार्ने समस्या हटेको छैन । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेन्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ ।

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यु टावर निर्माणमा पनि एसएसबीले रोक लगाएको थियो । त्यो भ्यु टावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसबीले आफ्नो भन्दै रोक लगाएको होे ।

सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । इलामको ५२ किलोमिटर भूमि भारतसँग जोडिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै ३–३ किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को बीओपी राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ ।

इलाममा नेपाल–भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेर र हतियार पनि सोझ्याएर बस्छन् । भारतले बारम्बार सीमा मिचेर संरचना बनाइरहन्छ तर नेपाली भूभागमा संरचना बनाउँदा पनि पटक पटक रोक लगाउने र दुःख दिइरहने गरेको स्थानीयको भनाइ छ ।

मानेभन्ज्याङमा नेपाल र भारततर्पm दशगजा क्षेत्रमा घर बनाइएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेका छन् । पशुपतिनगरको फाटकमा भारतीयका तर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाएको छ । गुम्बा बनाउन थालेपछि नेपालतर्पmबाट पटक पटक पहल गरिएको भनिए पनि संरचना बनाएरै छाड्यो ।

त्यहाँ केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखियो र पनि संरचना बनाउन रोकिएन । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सन्दकपुर डाँडामा पुगेर नेपाल र भारतको सिमाना वैज्ञानिकीकरण नगरेसम्म संधैं समस्या भइरहने बताए ।

उता छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । त्यहाँका बासिन्दासँग नेपाली नागरिकता र नेपाली जग्गा धनी पुर्जा छ । एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ ।

इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भ छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा, सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मुख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेका छन् । दशगजामा सीमास्तम्भको दुवैतिर ३०–३० फिटको भूभागमध्ये भारततर्फको भागमा संरचना बनेको टोलीको भनाइ थियो ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top