पश्चिम नेपालमा वर्षा र हिमपात, मुलुकभर बादल

२० पुस ७७, मंगलबार

काठमाडौं : पश्चिमी वायुको प्रभावले सोमबारदेखि मुलुकभरको मौसम बदली भई केही स्थानमा वर्षा, हिमपात र बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिबाट नै सक्रिय भएको पश्चिमी वायुको प्रभाव आगामी बिहीबारबाट मात्रै हट्नेछ ।

सोमबार बिहान उपत्यकामा छिटफुट वर्षा भए पनि दिनभर घाम लाग्न सकेन । साँझ बाक्लु हुस्सु देखिँदा सवारी आवतजावतमै समस्या उत्पन्न भएको थियो । बाक्लो हुस्सुको कारण उपत्यकाको जनजीवन सोमबार प्रभावित बन्यो । आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र आगामी बिहीबारबाट खुल्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

दिउँसो घाम नलागेका कारण चिसो बढेजस्तो महसुस भए पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ । १६ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.८ डिग्री रहेकामा पुस १९ गते २.५ डिग्री सेल्सियस रह्यो । सोमबार भने न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।

Advertisement

‘पश्चिमी वायु आउँदा यसले आकाश ढाकेर आउने भएकाले दिनभरिको तापक्रमलाई वायुमण्डलमा धेरै टाढा जान दिँदैन,’ उनले भनिन्, ‘त्यसैले सोमबार न्यूनतम तापक्रम बढेको हो ।’

मौसम बदलीका कारण काठमाडौंमा बाक्लो हुस्सु लागेको छ । सोमबार साँझ काठमाडौं उपत्यकाको भिजिबिलिटी एक हजार मिटरको छ । जुन दिउँसो ३ हजार मिटर थियो । आइतबार भने भिजिबिलिटी ६ हजार मिटरको रहेको थियो । मौसम बदली भए पनि अहिले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । सोमबार जुम्लामा हिमपातसहित २४ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यसैगरी वीरेन्द्रनगर, सुर्खेतमा ११ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । धनगढीमा ९ दशमलव ७ मिलिमिटर वर्षा भयो भने दीपायलमा ६ दशमलव ५ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार मंगलबार र बुधबार पश्चिम नेपालको पहाडी जिल्लामा हिमपात र वर्षाको सम्भावना रहेको छ । पश्चिम नेपालमा बिहीबारबाट मौसम खुला हुनेछ भने अन्य स्थानमा बादल लाग्ने र हुस्सु लाग्ने हुँदा घाम नलाग्ने महाशाखाले जनाएको छ । मंगलबार देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाग्मती र प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी बुधबार पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top