इरानले फेरि थाल्यो युरेनियम संवर्धन, परमाणु सम्झौताको सबैभन्दा ठूलो उल्लङ्घन

२० पुस ७७, मंगलबार

२१ पुस, एजेन्सी ।
इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरणसहित आफ्नो परमाणु तत्त्व संवर्धन कार्य पुनः सुरु गरेको छ।

यो सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको सबैभन्दा ठूलो उल्लङ्घन हो। संवर्धित युरेनियम रिएक्टर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यो परमाणुबम बनाउन पनि प्रयोग हुनसक्छ।

अस्त्र बनाउन प्रयोग हुने युरेनियम ९० प्रतिशत शुद्ध हुनुपर्छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले इरानलाई धम्कीपूर्ण परमाणु अभियान सञ्चालन गरेको आरोप लगाएका छन्।

Advertisement

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएकोमा जोड दिने गर्छ। सन् २०१५ को उक्त सम्झौताअनुसार इरान परमाणुसम्बन्धी धेरै कार्यक्रमबाट पछि हटेको थियो।

सन् २०१८ मा अमेरिकालाई उक्त सम्झौताबाट बाहिर राख्दै राष्ट्रपति डोनल्ड ट्रम्पले आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले त्यसको प्रत्युत्तर दिने बताएको थियो। उक्त सम्झौतालाई ज्वोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्शन (जेसीपीओए) पनि भनिन्छ।

Advertisement

कोरियाली ट्याङ्क कब्जामा

एउटा छुट्टै घटनामा इरानको रिभोलुशनरी गार्ड्सले रसायन बोकेको एउटा दक्षिण कोरियाली ध्वजावायक ट्याङ्करलाई नियन्त्रणमा लिएको छ।

उसले रंवार समुद्री पर्यावरण कानुन उल्लङ्घन गरेकाले नियन्त्रणमा लिएको जनाएको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयले उक्त ट्याङ्कलाई तत्कालै छाड्न माग गरेको छ।

इरानी घोषणा

इरानी सरकारका प्रवक्ता अलि राबेईले सञ्चारमाध्यमहरूलाई युरेनियमलाई २० प्रतिशत शुद्ध पार्ने काम फोर्दो केन्द्रमा सुरु भएको बताए। राष्ट्रपति हसन रुहानीले उक्त आदेश दिएको उनले बताए।

उनका अनुसार रुहानी नयाँ कानुन अनुसार त्यसो गर्न बाध्य छन् किनकि नयाँ कानुन अनुसार शान्तिपूर्ण उद्देश्यका लागि २० प्रतिशत शुद्ध गरिएको युरेनियम हरेक वर्ष १२० किलो भण्डारण गर्नुपर्नेछ।

गत नोभेम्बर अन्त्यमा इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएपछि इरानको संसद्‌ले नयाँ कानुन पारित गरेको थियो। उक्त हत्याका लागि इरानी नेताहरूले इजरेललाई आरोपित गर्ने गरेका छन्।

सोमवार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले आफ्ना सदस्य राष्ट्रहरूलाई दिएको एउटा जानकारीमा इरानको कदमको पुष्टि गरेको छ।

अरू देशको प्रतिक्रिया

केही विज्ञहरूले इरानको उक्त घोषणा आगामी ज्यानुअरी २० देखि अमेरिकमा सत्तारोहण गर्ने जो बाइडनलाई दबाव दिन गरेको रूपमा हेरेका छन्।

इरान पुरानै अवस्थामा फर्किए र थप सहमतिहरू गर्न तयार भए आफू पुनः उक्त सम्झौतामा सामेल हुनसक्ने बाइडनले बताइसकेका छन्। युरोपेली सङ्घका प्रवक्ताले इरानको परमाणु प्रतिबद्धताबाट निकै टाढा गएको रूपमा उक्त कदमलाई अर्थ्याएका छन्।

इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले सैन्य परमाणु कार्यक्रम विकास गर्ने उद्देश्यले उक्त कदम चालेको बताएका छन्। उनले इजरेलले इरानलाई परमाणु हतियार बनाउन नदिने बताएका छन्।(बीबीसी)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top