भारतका ५ राज्यमा बर्ड फ्लु देखियो, नेपाल भित्रिने जोखिम

२० पुस ७७, मंगलबार

२१ पुस, एजेन्सी ।
भारतका विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ ।

बर्ड फ्लु एचफाइभ एन वान जातिको जीवाणुको कारण पंक्षीहरुमा लाग्ने रुघाखोकी जस्तो एक प्रकारको रोग हो । यो रोगबाट जंगली र घरपालुवा दुवैथरीका पंक्षीहरु संक्रमित हुने भए पनि विशेषगरी घरपालुवा पंक्षीहरुका लागि बढी घातक मानिन्छ । र, मानव स्वास्थ्यका लागि पनि यो भाइरस जोखिमयुक्त मानिन्छ ।

Advertisement

सोमबार मात्र हिमाचलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका अठार सयभन्दा बढी आप्रवासी हाँसमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको बताइएको छ । संक्रमण पुष्टि भएपछि आरक्ष प्रशासनले पर्यटकहरुसँगै स्थानीयहरुको प्रवेशमा रोक लगाएको छ ।

भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले आरक्षका प्रमुख संरक्षक अर्चना शर्मालाई उद्धृत गर्दै त्यहाँ मरेका चराहरुमध्ये नब्बे प्रतिशत आप्रवासी हाँस भएको जनाएको छ । बर्सेनि लाखको हाराहारीमा हाँसको यो प्रजाति हिमालय क्षेत्र पार गर्दै मध्य एसिया, रुस, मंगोलियालगायतका क्षेत्रबाट त्यहाँ आउने गरेको समेत उक्त पत्रिकाले लेखेको छ ।

Advertisement

त्यसैगरी काँगडा जिल्लाका फतेहपुर, देहरा, जवाली, इन्दोरालगायतका क्षेत्रमा कुखुरा, हाँस र तिनको मासु र अण्डालगायतका उत्पादन खरिद बिक्री र निकासी गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि मध्यप्रदेशको इन्दोरमा मरेका ५० भन्दा बढी कागहरुको परीक्षण गर्दा पनि सोही भाइरस पुष्टि भएको थियो । त्यसैगरी राजस्थान, केरल, हरियाणा विभिन्न स्थानमा पनि मृत भेटिएका चराहरुमा पनि वर्ड फ्लु पुष्टि भएको थियो ।

गत साता दिल्ली छेउको हरियाणाको बरवालामै एक लाखभन्दा बढी कुखुरा, हाँसलगायतका पंक्षी बर्ड फ्लुकै कारण मरेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

भाइरस पुष्टि भएपछि स्थानीय प्रशासनहरुले विभिन्न आदेश जारी गरेका छन् । त्यसैगरी केरलमा मरेका हाँसहरुमा पनि सोही भाइरसको संक्रमण देखिएको छ ।

त्यसपछि स्थानीय प्रशासनले कोट्टायम र अलाप्पुझा जिल्लाका प्रभावित क्षेत्रमा एक किलोमिटर भित्रका हाँस, कुखुरा र अन्य घरमा पालिउका पंक्षीहरुलाई मार्न आदेश दिइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २००६ मा भारतले बर्ड फ्लुका कारण ठूलो क्षति बेहोरेको थियो । खुला सीमाका कारण भारतमा बडए फ्लु पुष्टि हुनुलाई नेपालका लागि पनि खतराको घन्टीका रुपमा लिने गरिन्छ ।

अप्रवासी चराहरुका कारण पनि संक्रमण फैलने जोखिम बढी हुने गरेको छ । आप्रवासी चराहरुका लागि नेपाल पनि गन्तव्यका रुपमा चिनिन्छ । नेपालमा सन् २००९ मा बर्ड फ्लुका कारण चितवन, धादिङलगायतका जिल्लाका पोल्ट्री व्यवसायमा ठूलो क्षति पुगेको थियो ।

नेपालमा कुखुरापालन व्यवसायमा मात्र करिब असी अर्बभन्दा बढीको लगानी रहेको बताइन्छ । यो क्षेत्रको मुलुकको कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतको योगदान छ भने डेढ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अनुमान छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top