गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा सुरु

२१ पुस, काठमाडौं ।
नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ।

गोरखा दरबार परिसरबाट यात्रामा सहभागी ४० जनाको टोलीलाई मंगलवार बिहान बिदाइ गरिएको हो। राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलको माला लगाएर नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको छ।

पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो भएर यात्रा गर्दै यात्रामा सहभागीहरु पुस २६ गते काठमाडौं पुग्नेछन् र २७ गते हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुनेछन्।

Advertisement

यात्रामा सहभागीलाई बिदाइ गर्दै पश्चिम पृतनापति, उपरथी बिनय विक्रम राणाले इतिहासको संरक्षण गर्न एकीकरण मार्गको पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘सेनाको जिम्मेवारी राष्ट्रिय एकता कायम गर्ने पनि हो’ उनले भने ‘इतिहास जोगाउन यस्तो अभियान देशब्यापी चलिरहेको छ।’

नेपाल एकीकरण सुरु भएको जिल्ला गोरखाबाट पदमार्ग र पदयात्रा सुरु हुनु नेपालको पहिचान समेत रहेको उनले बताए। पृथ्वी नारायण शाहलाई साथ दिने तत्कालिन सेनाका गणमा गोर्खालीहरुको योगदान रहेको बताउँदै पृतनापति राणाले एकीकरणमा पनि गोरखाले ठूलो योगदान गरेको चर्चा गरे।

Advertisement

यात्रामा रणसिंह दल गण, शार्दुलजंग गुल्मसँगै नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको टोली सहभागी रहेको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए।

गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म गोरखाबाट हिँडेको सेना पुग्नेछ। राष्ट्रिय झण्डा, टर्च लाईट, ब्याण्ड बाजासहित टोली यात्रामा सहभागी छ।

गोरखबाट हिँडेको टोलीले धादीङको सल्यान्टारमा देविदत्त गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ। धादीङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली काठमाडौं पुग्ने रणसिंह दल गणका गणपति उज्वल केसीले बताए।

यात्रामा सहभागीलाई बिदाइ गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न पदयात्रा, पदमार्गले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘इतिहास मेटेर मेटिँदैन भन्ने पुष्टि पदमार्ग र पदयात्राले गरेको छ’ उनले भने ‘पदमार्गलाई ब्यवस्थित गर्न सेनालाई स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ, गर्न तयार छ।’

गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिका भएर गोरखा–काठमाडौं एकीरण पदमार्ग धादिङको सल्यान्टार जोडिनेछ। भिमसेन थापा गाउँपालिका उपप्रमुख बिनु वाग्लेले पदमार्गमा पर्ने, कोट, किल्ला, पाटी, पौवा संरक्षणमा गाउँपालिकाले ध्यान दिएको बताइन्।

पदमार्गलाई ब्यवस्थित र ब्यवशायी बनाउँदै ऐतिहासिक रुटको रुपमा बिकास गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए। स्थानीय तह, प्रदेश र संघ सरकारले पदमार्गको संरक्षण र बिकासमा योजना बनाउनुपर्ने उनले बताए।

सह सेनानी दलबहादुर थापाको नेतृत्वको सेनाको टोली पदयात्रामा सरिक भएको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top