परराष्ट्रमन्त्री ज्ञवालीलाई भ्रमणका लागि भारतले दियो ‘ग्रिन सिग्नल’

२१ पौष, एजेन्सी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण तय भएको छ । भारतले भ्रमणका लागि ‘ग्रिन सिग्नल’ दिएपछि बैठकको मिति टुंगो लागेको हो । ज्ञवाली नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि आगामी माघ १ गते भारत जान लागेका हुन् ।

स्रोतका अनुसार सोही दिन साँझ आयोगको बैठक बस्ने छ र, भोलिपल्ट केही राजनीतिक भेटघाट गरेर ज्ञवाली स्वदेश फर्कने कार्यक्रम रहेको छ । बैठकको मितिका बारेमा औपचारिक घोषणा हुन भने बाँकी छ ।

यसअघि आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर, नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन । यसबीच नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण पनि भ्रमणलाई लिएर केही अन्योल बढेको थियो ।

तर, राजनीतिक घटनाक्रमका कारण द्विपक्षीय छलफल र संवाद प्रभाविगत हुन नहुने निष्कर्षमा दुई पक्ष पुगेपछि भ्रमणको मिति टुंगोमा पुरÞ्याउन भारत सहमत भएको स्रोतको दाबी छ । आयोगको पाँचौं बैठक गत वर्ष भदौमा काठमाडौंमा बसेको थियो । उक्त बैठकमा भारतका तर्फबाट विदेश मन्त्री एस जयंशकर सहभागी भएका थिए ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बैठकको अन्तिम तयारी चलिरहेको र बैठकमा नेपाल–भारतबीचका बृहत् विषयहरुमा छलफल हुने बताए । साथै बैठकले जुनसुकै परिस्थितिमा पनि दुई देशबीचको संवाद र छलफल निरन्तर अघि बढ्छ आधार प्रस्तुत गर्ने पनि राजदूत आचार्यको भनाइ छ । ‘बैठकले दुई देशबीचको सम्बन्ध निरन्तर अगाडि बढ्छ भन्ने आधार प्रस्तुत गर्नेछ,’ राजदूत आचार्यले भने । कान्तिपुर दैनिकबाट साभार ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top