जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा

२० पुस ७७, मंगलबार

२१ पुस, एटलान्टा।

अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । अमेरिकी राष्ट्रपति¬–निर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि महत्वपूर्ण मानिएको छ ।

यस राज्यमा राष्ट्रपति र सिनेट दुबैमा रिपब्लीकन पार्टीले विगत २० वर्षदेखि चुनाव जित्दै आएको छ । तर यस पटक जर्जिया राज्यले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनलाई मतदान गरेको छ ।

अमेरिकी सिनेटको इतिहासमै जर्जियामा यसपटक रिपब्लीकन र डेमोक्रेट दुबैले सबैभन्दा बढी रकम खर्च गर्दैछन् । निर्वाचन अधिकारीहरुका अनुसार मतदान स्थानीय समय अनुसार मंगलबार बिहान ७ बजेदेखि शुरु हुनेछ । यस राज्यमा करिब ३० लाख व्यक्तिले मतदान गरिसकेका निर्वाचन अधिकारीले बताएका छन् । यस राज्यको अन्तिम, आधिकारिक मत परिणाम प्राप्त गर्न केही दिन लाग्ने अनुमान गरिएको छ ।

यस राज्यमा निर्वाचन अभियानको विज्ञापनका लागि मात्र उम्मेदवारहरुले ५० करोड डलर खर्च गरिसकेका छन् । रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीका हजारौं स्वयंसेवीले राज्यका सबैजसो घरदैलोमा पुगेर मतदातालाई आफ्नो दललाई समर्थन गर्न आह्वान गरिरहेका छन् । चुनावमा आफ्ना समर्थकलाई विजयी गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति–निर्वाचित जो बाइडेन दुबै सक्रियतापूर्वक लाग्नु भएको छ ।

एटलान्टामा आयोजित चुनावी सभामा बाइडेनले जर्जियाली जनतालाई अर्को चार वर्षका लागि मात्र नभएर अर्को पुस्ताका लागि मतदान गर्न आग्रह गरे।

जर्जियामा रिपब्लीकनका तर्फबाट सिनेटर केल्ली लोफलर र डेभिड पर्ड्यु तथा डेमोक्रेट पार्टीका तर्फबाट राफेल वार्नक र जोन ओसोफ प्रतिस्पर्धामा छन् ।

गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत अर्थात ५० वा सोभन्दा बढी प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो ।रासस–एएफपी

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top