×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

नियन्त्रणमा लिइएको घाइते चितुवा मर्यो

२१ पुष २०७७

२१ पुस, वलेवा ।

जैमिनी नगरपालिका–१ कुश्मिसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा गएराति मरेको छ । “सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर रातिनै चितुवा मर्यो”, वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, “अव प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं ।” घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका लागि सौराहास्थित वन्यजन्तु अस्पताल पठाउने तयारी गरिएको थियो ।

Advertisement
Advertisement

बागलुङस्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमा वन्यजन्तुलाई बेहोसपार्ने औषधि नभएपछि सौराहा पठाउनुपर्ने अवस्था आएको थियो । औषधिकै अभावका कारण चितुवाले समयमा उपचार नपाउँदा मरेको बताइएको छ । “वन्यजन्तु भएकाले सामान्य रुपमा उपचार सम्भव थिएन्, बेहोस नभएसम्म उपचार गर्न सकिंदैन”, वन अधिकृत अधिकारीले भने । आइतबार बिहानैदेखि दिनभरी जैमिनी नगरपालिका–१ को कान्लेमा चितुवाले स्थानीयवासीलाई त्रसिद बनाएको थियो । स्थानीयवासीले खबर गरेपछि प्रहरी र सेना नियन्त्रणका लागि गएका थिए । आइतबार बेलुकी नियन्त्रणमा लिएर इलाका वन कार्यालयमा राखिएको उक्त चितुवा सोमबार डिभिजन वन कार्यालय बागलुङमा ल्याइएको थियो ।

खोरमा पारिएको चितुवालाई जीपमा राखेर बागलुङ ल्याइएको हो । वन अधिकृत अधिकारीका अनुसार, उक्त चितुवा घाइते र बिरामी छ । झण्डै ४ वर्षभन्दा बढी उमेर भइसकेकाले यो चितुवा वयस्क भइसकेको थियो । यो चितुवा अर्को वयस्कसँग झगडा गरेर वा लडेर घाइते भएको जस्तो देखिएको हो । उनका अनुसार २५ महिना पार गरेपछि चितुवा प्रजननका लागि योग्य हुन्छ । त्यसैले उक्त चितुवाले प्रजनन साथी खोज्ने क्रममा गाउँ आइपुगेको, दुई चितुवाबीच झगडा भएको हुनसक्ने अनुमान छ ।

Advertisement

चितुवाले मानिसलाई आक्रमण नगरे पनि आइतबार बिहानैदेखि बस्तीमा घुमिरहेपछि नियन्त्रणको प्रयास भएको थियो । कुश्मिसेरा इलाका वन कार्यालयका रेन्जर पोष्टका सन्तोष पौडेलको उपस्थितिमा सेनाले आइतबार बेलुकी ती चितुवालाई नियन्त्रणमा लिएर राखेको थियो । उक्त चितुवा समातेपछि पनि कुश्मिसेरावासीले अर्को समेत भेटिन सक्ने भन्दै खोजी गरेका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top