स्वदेश फर्किदा सुन भरिया नहुन कतारस्थित नेपाली दूतावासको आग्रह

२१ पुस ७७, मंगलबार

२१ पुस, दोहा ।
वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि विदेश गएका नेपालीहरुलाई विदेशबाट नेपाल फर्किदा विभिन्न व्यक्तिहरुले सुन बोकाउने तथ्य सार्वजनिक भएपछि कतारस्थित नेपाली दूतावासले कसैको पनि सुनको भरिया नबन्न आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै हालैका दिनमा कतारबाट नेपाल जाने केहि नेपालीले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परेर सुन लगायतका बहुमुल्य वस्तुहरु लैजाने तथा यसै कारणले नेपालमा समस्यामा परेको सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य वस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजान र ति वस्तुको खरिदविल पनि संगै लैजान दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । दोहाबाट काठमाडौं यात्रा गर्दा खरिद वील साथमा नभएको वा आफ्नो स्वामित्व प्रमाणित नहुने तथा कानूनले तोकेको परिमाणभन्दा बढी त्यस्ता वहुमुल्य वस्तु लगेमा सामान जफत हुने र कानूनी कारवाहीमा परिने हुँदा अन्य व्यक्तिको सामान बोकेर यात्रा नगर्न समेत दूतावासले सचेत गराएको छ ।

खाडी लगायत अन्य विभिन्न मुलुकहरुबाट रोजगारी गरेर स्वदेश फर्किने नेपालीहरुलाई तस्करहरुले सुनको भरिया बनाउने गरेका छन् भने नेपाल भ्रमणमा आउने बिदेशी नागरिकलाई समेत तस्करहरुले प्रयोग गर्ने गरेका छन् । यसैबाट बच्न नेपालीहरुलाई कतारस्थित नेपालस् दूतावासले आग्रह गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top