चितवनमा गैँडाको आक्रमणबाट महिलाकाे मृत्यु

२१ पुस ७७, मंगलबार

२१ पुस, चितवन ।

Advertisement

गैँडाको आक्रमणबाट एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top