मुलुकको समृद्धि र विकासका लागि चुनावको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

२१ पुस, जनकपुरधाम ।

उपप्रधानमन्त्री एवं नेकपा सचिवालयका सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीको देश बनाउने सपनालाई साकार पार्नका लागि नयाँ जनादेशको विकल्प नभएको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले नेकपा धनुषाद्वारा आज जनकपुरधाममा आयोजना गरिएको कार्यकर्ता भेलामा अहिले पूर्व मेची देखि महाकालीका जनताहरू प्रधानमन्त्री केपी ओलीको निर्णयको साथ रहेकाले देशमा चुनावी वातावरण बन्दै गएको बताए।

उनले वर्तमान सरकारले पार्टीका तानातानको बाबजुद पनि गरेको कामकाजबाट आम नेपाली जनता निक्कै खुसी भएको बताउँदै पूर्व पश्चिम रेलमार्गको निर्माणको शुरुवात, विभिन्न राजमार्गको निर्माणमा तीव्रता आउनु र हुलाकी राजमार्गको निर्माणमा गति आउनु यसको उदाहरण भएको बताए ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्र तथा राष्ट्रियताको पक्षमा वर्तमान प्रधानमन्त्री केपी ओलीले भारत तथा चीनसँग समान सम्बन्ध राख्नमा सफल हुनु भएको बताउँदै पछिल्लो पटक भारतसँग भएको सम्झौताका कारणले कुनै पनि अवस्थामा भारतले नाकाबन्दी गर्न नमिल्ने बताए ।

उनले पार्टीको एकता तथा हितविपरित जाने आफै समाप्त भएर जाने बताउँदै आम नेता तथा कार्यकर्ता अहिले पनि पार्टी एकताको पक्षमा भएको बताए।

उपप्रधानमन्त्री पोखरेलले ६४ प्रतिशत बहुमतको सरकारलाई आफ्नै पार्टी भित्रबाट कामकाज गर्न नदिएको कारणले संसद्को विघटन गर्नु परेको बताउँदै अगामी वैशाख १७ र २७ गते हुने मध्यावधि चुनावका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरे ।

उनले प्रधानमन्त्री केपी ओलीको देश बनाउने सपनालाई साकार पार्नका लागि उहाँको नेतृत्वमा रहेको नेकपाले वैशाखमा हुने चुनावमा ठुलो जनसमर्थन पाउने अवस्था जिल्ला जिल्लाहरूमा भएको बृहत् भेलाले सङ्केत गरेका बताए ।

शहरी विकासमन्त्री प्रभु साहले संसद्को विघटन ६४ प्रतिशत बहुमतका प्रधानमन्त्रीले गर्नु भएकाले संसद् पुर्न स्थापनाको कुनै सम्भावना नभएकाले लोकतान्त्रिक अग्रगामी निकासका लागि चुनावको कुनै विकल्प नभएको बताए ।

उनले नेकपाका डेट स्पायर भएका नेताले केही गर्न नसक्ने बताउँदै जनतालाई भ्रमित गर्ने, झुठो आश्वासन बाँड्ने तथा स्वार्थको राजनीतिक गर्नेलाई जनताले राम्ररी चिनिसकेको बताए ।

न्याय तथा कानूनमन्त्री लिला श्रेष्ठले राष्ट्रियताको पक्ष होस् वा नेपाली जनताको विकास निर्माणको चाहना पुरा गर्नमा किन नहोस् केपी ओली नेतृत्वका सरकारले गरेको कामकाज विगतका कुनै पनि सरकारबाट नभएको दाबी गए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको चाहना पुरा गर्नका लागि अगामी वैशाख १७ र २७ गतेको चुनाव सफल बनाउनुको विकल्प नभएको बताइन् ।

नेकपा स्थायी कमिटीका सदस्य रघुवीर महासेठले २ सय ५० वर्षमा भएका सरकारले नगरेका कामकाज वर्तमान सरकारले तीन वर्षमा गरेर देखाएको बताउँदै २०७८ सालमा पुनः प्रधानमन्त्री के पी ओलीको नेतृत्वमा सरकारले बन्ने दाबी गरे ।

नेकपा धनुषाका नेता राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो, प्रदेश सभाका सदस्य ज्वाला साह, नेकपाका पुराना नेता असर्फि भिनवार यादव तथा योगनारायण यादवले बोलेका थिए ।

यस अघि जनकपुरधामको रेल्वे स्टेसनबाट निष्केको रैली जनकपुरधामको विभिन्न भागमा परिक्रमा गरेर पार्टी कार्यालयमा पुगी बृहत् कार्यकर्ता भेलामा परिणत भएको थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top