भौतिक पूर्वाधार: महामारीमा पनि रोकिएनन् पाइला

काठमाडाैँ : जारी कोरोना महामारीबाट जनताको जीवनस्तर र विकास निर्माणका काम प्रभावित भए। खासगरी चिनियाँ कम्पनीसँग जोडिएका आयोजनामध्ये भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत दर्जनभन्दा बढी आयोजनाको प्रगतिमा कोरोनाको प्रभाव प्रस्ट देखियो। त्यसो त सरकारले कोरोना महामारीमा पनि विकास निर्माणका काम नरोक्ने नीति लिएको छ।

सोहीअनुसार सडक, पुल, झोलुंगे पुल, खानेपानीका ट्यांकी, सम्पदा पुनर्निर्माण, भूकम्पपछिको पुनर्निर्माण र एकीकृत बस्ती विकासका योजनामा प्रगति भएको सरकारको भनाइ छ। पर्यटनसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति गर्न नसके पनि निजी क्षेत्रको लगानीमा निर्माणाधीन ठूला होटलको भौतिक पूर्वाधार निमार्णको कामले भने निरन्तरता पायो। राजनीतिक उतारचढावका कारण पर्यटनलक्षित ठूला सरकारी आयोजनाको काम अझै पछि धकेलिने सम्भावनाबीच तारे होटल निर्माणको काम भने धमाधम अघि बढिरहेको छ।

महामारीकै कारण मुलुकको पर्यटन क्षेत्रले सबैभन्दा बढी समस्या भोगे पनि पूर्वाधार निर्माणको कामले गति जारी राख्दा पर्यटन क्षेत्रमा आशा पलाएको देखिएको छ।

Advertisement

राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० कोरोनाकै कारण बीचैमा रद्द भए पनि भ्रमण वर्षलाई लक्ष्य गरी निर्माणाधीन दर्जनभन्दा बढी पाँचतारे होटलको काम लकडाउनमा पनि नरोकिएको लगानीकर्ताहरूले जनाएका छन्।

खासगरी असारको पहिलो हप्तादेखि लकडाउन केही खुकुलो भएसँगै होटल निर्माणको कामले गति लिन थालेको हो। लकडाउनअघि निर्माण थालिएका केही होटलको काममा असारसम्म निर्माण सामग्री र प्राविधिक सहितका कामदारको अभाव देखिए पनि लकडाउन खुकुलो र व्यावसायिक हवाई उडान सञ्चालनमा आएसँगै सन्तोषजनक अवस्थामै फर्र्किकएको सम्बद्ध व्यवसायीको भनाइ छ।

Advertisement

संसारभरका हरेक १० रोजगारीमध्ये एकजनालाई पर्यटन क्षेत्रले रोजगारी दिने गरेको सयुक्त राष्ट्रसंघीय आँकडा छ। हालको महामारीले नेपालको पर्यटन क्षेत्र १० वर्षपछि धकेलिएको बताइन्छ। नेपालको सन्दर्भमा सबैभन्दा बढी कोरोनाले क्षति पु¥याएको क्षेत्रमध्ये पर्यटन उद्योग एक हो। २० लाख पर्यटक भित्र्याउन सरकारलाई साथ दिन होस्टेमा हैंसे गर्दै आएका होटल व्यवसायीले सञ्चालनमा रहेका होटलको अकुपेन्सी घटेर शून्यमा झरेपछि व्यवसायबाटै पलायन भएका उदाहरणबीच अर्बौं रूपैयाँ लगानीमा निर्माणाधीन होटलको निर्माण कार्यले भने यो क्षेत्र पुनः एक दिन जाग्ने आशा देखाइरहेको छ।

पर्यटन विभागले दिएको जानकारीअनुसार अर्बभन्दा माथि लगानीमा हाल दर्जनभन्दा बढी पाँचतारे होटल निर्माणको चरणमा छन्।, यो समाचार आजको नागरिक दैनिकमा मीनराज भण्डारीले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top